खोटाङ पुनः कोरोनामुक्त


खोटाङ, (नेस)

खोटाङ दोस्रोपटक पुनः कोरोनामुक्त जिल्ला बनेको छ । कोरोनाबाट संक्रमित खोटाङका ११ जनासंक्रमितमध्ये सवैको उपचार भई डिस्चार्ज भएपछि कोरोनामुक्त जिल्ला बनेको हो ।

यसअघि, असार पहिलो साता चार जना संक्रमित निको भएपछि खोटाङ कोरोना संक्रमणमुक्त बनेको थियो । पुनः खोटाङका सात जनामा संक्रमण पुष्टि भएको थियो । हाल खोटाङका ११ जना नै संक्रमित निको भएर डिस्चार्ज भइसकेका प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलले जानकारी दिनुभएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका ६ जना, हलेसी तुवाचुङ नगरपालिकाका चार जना र ऐसेलुखर्क गाउँपालिकाका एक जना संक्रमित उपचारपछि फरक–फरक समयमा घर फर्किएका हुन् ।

खोटाङमा ६ सय ५५ जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।