पर्वतको पकुवाका कृषकपनि पोखरेली जेठो बुढो धान उत्पादनमा


न्युज अफ नेपाल,पर्वत ।

पर्वतको कुस्मा नगरपालिका–११ पकुवाका कृषकले पनि पोखरेली जेठोबुढो धानको ब्यबसायिक उत्पादन थालेका छन । गत बर्ष गरिएको परिक्षणमा उत्पादन राम्रो भएपछि यस बर्ष देखि ब्यबसायिक उत्पादन थालेका हुन । पकुवाको फाँट पर्वतको धान उत्पादनको पकेट क्षेत्र मानिन्छ ।

जनप्रिय धान पकेट सञ्चालन समिति मार्फत गन बर्ष परिक्षणका रुपमा जेठोबुढो धान उत्पादन थालिएकोमा यस बर्ष देखि ब्यबसायिक रुपमा कृषकहरु यसको उत्पादनमा आकर्षित भएको कृषक तथा समितका सदस्य डम्बर बिकले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत बर्ष २६ जना कृषकले ५ धानको बीउ परिक्षणका रुपमा लगाएका थिए । ‘परिक्षणका लागि शुरु गरेका थियौ तर उत्पादन सोचे भन्दा राम्रो भयो।’ उहाँले भन्नुभयो ‘यसबाट उत्साहित भएपछि यस बर्ष देखि ब्यबसायिक उत्पादन थालेका छौ।’

यस बर्ष ५० जना कृषकले जेठोबुढो धान लगाएका छन । यस बर्ष ५ सय किलो बीउ रोपिएको छ । गत बर्ष कृषि ज्ञानकेन्द्र र कुस्मा नगरपालिका वडा नं ११ कार्यालयले सहयोग गरेकोमा यस बर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, धान जोनले कृषकलाई उत्पादनमा सहयोग गरेको छ ।

गत बर्ष उत्पादन जेठोबुढोको चामल ८ सय रुपैंया पाथीका दरमा बिक्री भएको बिकले बताउनुभयो । जेठो बुढोको उत्पादनलाई प्रोत्साहन गर्न यस बर्ष प्रचारप्रसार र बजारीकरणमा वडा कार्यालयले सहयोग गरेको वडा अध्यक्ष शिब पौडेलले बताउनुभयो ।

उहाँले जेठोबुढो धानलाई पकुवाको प्रमुख उत्पादनको रुपमा बिकास गर्ने योजना बनाइएको छ । ‘गत बर्षको उत्पादन वडा कार्यालयले खरिद गरेर कृषकलाई प्रोत्साहन गरेका छौ’