आज थप १५६ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

आज थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कोरोना संक्रमितहरुको संख्या १७ हजार ६ सय ५८ पुगेको छ । आज ५८ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

हालसम्म ११ हजार ६ सय ९५ जनाले कोरोना जितिसकेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यस्तै देशभर हालसमम कोरोना संक्रमणबाट ४० जनाको मृत्यु भएको छ ।