मंसिरमा महाधिवेशन गर्ने सहमति भएकाे छैनः प्रचण्ड


न्युज अफ नेपाल, काठमाडौं ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले विवादको समाधान निकाल्दै मंसिरमा महाधिवेशन गर्नेलगायतका सहमति गरेको समाचार प्रकाशमा आएलगत्तै प्रचण्डको सचिवालयले कुनै पनि सम्झौता भइनसकेको प्रष्ट पारेका छन ।

आगामी मंसिरमा पार्टी महाधिवेशन गर्ने विषयमा समाचारहरु सार्वजनिक भएको भन्दै पार्टी अध्यक्ष दाहाल प्रचण्डको सचिवालयले त्यसको खण्डन गर्दै यस्ताे बताएकाे हाे ।

मंसिरमा महाधिवेशन गर्नेबारे छलफल चले पनि सहमति भइनसकेको सचिवालयको भनाइ छ ।

‘अध्यक्षद्वय बीच भएको छलफल पछि बसेको पार्टी सचिवालयको बैठकमा सहमति खोज्ने क्रममा विभिन्न विषयहरु ९महाधिवेशनलगायत० मा छलफल भएता पनि कुनै पनि विषयमा सहमति भएको छैन र सम्पूर्ण विषयहरु छलफलकै क्रममा रहेकाले कोही पनि भ्रममा नपरौं,’ प्रचण्डपुत्री गंगा दाहालले फेसबुकमा लेखेकी छन् ।

शनिवार बसेको सचिबालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमा महाधिवेशन गर्न प्रस्ताव राखेको र त्यसमा प्रचण्डपनि सकारात्मक रहेको जनाइएको छ ।