भोलिबाट सार्वजनिक यातायात सञ्चालन हुने


न्युज अफ नेपाल, काठमाडौं ।

जिल्ला भित्र मात्रै सञ्चालन हुनेगरी भोलिबाट यातायात व्यवसायीहरु सार्वजनिक यातायात सञ्चालन गर्न तयार भएका छन्।

केन्द्रीय बैंकले ल्याएको मौद्रिक नीतिले आफ्ना धेरै माग सम्बोधन गरिसकेको बताएका व्यवसायीहरु सोमबारबाट यातायात सञ्चालन गर्न तयार रहेको बताएका छन।

आइतबार यातायात व्यवस्था विभागमा अधिकारीहरुसँग छलफलपछि सोमबारबाटै यातायात सञ्चालन गर्न व्यवसायीहरु सहमत भएका हुन।

सरकारले ५० प्रतिशत बढि भाडा लिएर सुरक्षाका मापदण्ड अपनाउँदै सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको छ।

मन्त्रिपरिषद बैठकले असार २६ गते सवारी सञ्चालन गर्ने निर्णय गरेको थियो। उक्त निर्णयमा असुन्तुष्ट व्यवसायीहरुले विभिन्न माग राख्दै आएका थिए।

व्यवसायीहरुको माग मौद्रिक नीतिमार्फत सम्बोधन भएपछि यातायात सञ्चालन गर्ने निर्णय भएको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए।