टोलीबाट हटाइएको कुरा गांगुलीलाई हजम भएन


नयाँदिल्ली, (एजेन्सी)

बीसीसीआईका अध्यक्ष र पूर्वभारतीय कप्तान सौरभ गांगुलीले उनको अन्तर्राष्ट्रिय करियरबारेको रहस्य खुलासा गरेका छन् । उनले यो कुरालाई अहिलेसम्म पनि हजम गर्न सकेको छैन कि २००७ मा धेरै रन बनाए पनि उनलाई टोलीबाट हटाइएको थियो । गांगुलीले एक बंगाली अखबारलाई दिएको अन्तर्वार्तामा सो कुरा बताएका थिए ।

उनले यो निर्णय उनका लागि हैरान भएको बताए । उनले भनेका थिए– ‘मलाई वानडे टोलीबाट तब हटाएको थियो, जब मैले त्यो वर्षमा सबैभन्दा रन बनाएका थिए । यदि तपाईं प्रदर्शन राम्रो जति नै होस्, यदि तपाईंको धरातल नै कसैले छिनेर लिन्छ भने तपाईंले के साबित गर्न सक्ला? र कसलाई साबित गर्ने? २००७ मा मेरो साथ पनि यस्तै भएको थियो ।’

गांगुलीले यदि २००८ मा संन्यास नलिएको भए अर्को सिरिजमा रन बनाउन सक्ने पनि बताए । उनले नागपुरमा २००८ मा संन्यास लिएका थिए । उनले सिरिजको बीचैमा क्रिकेट करियर छाडेका थिए । यदि संन्यास नलिएको भए रन अझै बढ्ने उनले बताए ।

गांगुलीले अहिले पनि मौका दिएमा भारतका लागि रन बनाउन सक्ने बताए । उनले भने– ‘मलाई ६ महिनाको अभ्यास र प्रशिक्षण गर्न दिएमा र तीनवटा रणजी ट्रफी खेल खेल्न दिएमा मैले टेस्ट क्रिकेटमा भारतका लागि रन बनाउन सक्नेछु ।’

गांगुलीलाई २००७ मा कोच ग्रेग च्यापेलसँग विवाद भएपछि कप्तानी र टोलीबाटै बाहिर गरिएको थियो । उनी त्यतिबेला फर्ममा भए पनि उनलाई र राहुल द्रविडलाई टिमबाट हटाइएको थियो ।

यसको एक वर्षपछि गांगुलीले संन्यास लिए तर उनी आईपीएलमा २०१२ सम्म खेल्न पाएका थिए । गांगुलीले टेस्ट करियरमा १ सय १३ खेलबाट ७ हजार २ सय १२ रन बनाए, जब कि एकदिवसीय क्रिकेटमा उनले ३ सय ११ खेल खेलेर ११ हजार ३ सय ६३ रन जोडेका थिए । उनले एकदिवसीयमा २२ र टेस्टमा १६ शतक लगाएका थिए ।