ट्याक्टर दुर्घटनामा भिंगृ-स्वर्गद्वारी माेटरवाटाे स्तराेन्नति गर्ने ७ ज्यामिकाे मृत्यु


न्युज अफ नेपाल, प्युठान ।

प्युठानकाे भिगृ-स्वर्गद्वारी माेटरवाटाे स्तरउन्नति गर्ने राेल्पा रुन्टिगढिका ७ जना ज्यामिकाे ट्याक्टर दुर्घटनामा मृत्यु भएको छ।

ओसिस कन्टक्सन मार्फत बाटाेमा कामगर्ने राेल्पा रुन्टिगढिका ७ जना ज्यामिकाे ट्याक्टर दुर्घटनामा मृत्यु भएको हाे ।

स्वर्गद्वारी धरमपानि नजिक रुमालेमा गएराति लु. २ च ४२३४ नम्बरको ट्याक्टर दुर्घटनामा परि ७ जनाकाे घटना स्थलमै मृत्यु भएको छ भने एक जनाकाे जीवितै उद्वार गरिएकाे प्रहरीले जनाएकाे छ ।

रातभर बर्षाका कारण उद्दार गर्न नसकिएकोमा अहिले नेपाल प्रहरी , नेपाली सेना र स्थानीयले घटनास्थलबाट शव जम्मा गर्ने कार्य गर्दै छन ।

ट्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेको छ।  दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत हुन बाँकी छ।