क्वारेन्टाईनमा बसेका बृद्धको मृत्यु,स्वास्थ्यकर्मीले लापरवाही गरेको आरोप


न्युज अफ नेपाल,पर्वत ।

पर्वतको पैंयु गाउँपालिकाले सञ्चालन गरेको सामुदायिक क्वारेन्टाईनमा बस्दै आएका एक जनाको मृत्यु भएपछि स्थानिय स्तरमा बिबाद सुरु भएको छ । क्वारेन्टाईनमा बसेका मानिसको स्वास्थ्य परिक्षण नगर्ने र बिरामीलाई समयमा औषधी नखुवाएका कारण मृत्यु हुन पुगेको भन्दै बिरोध शुरु भएको हो ।

पैयुँ गाउँपालिकाले हुवासको जनसेवा संस्कृति माबिमा सञ्चालन गरेको क्वारेन्टाइृनमा बस्दै आएका पैंयुँ गाउँपालिका –सरौखोलाका यामबहादुर भारतीको शुक्रबार राती मृत्यु भएको थियो । क्वारेन्टाईनमा बसेको बेला अनाचक ढलेपछि थप उपचारका लागि पोखरा स्थित गण्डकी स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पु¥याउँदा भारतीलाई मृत घोषित गरिएको दिएको ।

लामो समय देखि उच्च रक्तचापका बिरामी रहेका भारतीलाई क्वारेन्टाईनमा समय समयमा औषधी खाने ब्यबस्था नभएकाले हृदयघात भएको बताइएको छ । पैंयु गाउँपालिका ४ का वडा अध्यक्ष महेन्द्र श्रेष्ठले क्वारेन्टाइनमा रहेका बिरामीहरुको स्वास्थ्य अबस्था बुझ्ने नियमित रुपमा औषधी दिने काम नगरिएका कारण भारतीले ज्यान गुमाउनु परेको आरोप लगाउनुभयो ।

पैंयु गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुण्यप्रसाद न्यौपानले यसको ब्यबस्थापन मिलाउने कुरामा कमजोरी गरेको आरोप वडा अध्यक्ष श्रेष्ठको छ । असार १६ गते भारतबाट आएर कुस्माको पुलिङ्ग क्वारेन्टाईनमा बसेका भारतीको पिसिआर परिक्षणमा नेगेटिभ रिर्पोट आएपछि असार २४ गते देखि पालिकाको सामुदायिक क्वारेन्टाइनमा बस्दै आएका थिए ।