अमेरिकाबाट पहिरो पीडितलाई १० लाख १९ हजार सहयोग


न्युज अफ नेपाल,पर्वत ।

पर्वतको कुश्मा नगरपालिका– ३ दुर्लुङका पहिरो पीडितलाई १० लाख १९ हजार रुपैयाँ वितरण गरिएको छ । पहिरोबाट ज्यान गुमाएका ९ जनाका परिवार र पहिरोबाट घरबारविहिन भएका ६ परिवारलाई पर्वत समाज अमेरिकाको तर्फबाट प्राप्त रकम शनिवार हस्तान्तरण गरिएको हो ।

पहिरोमा परि ज्यान गुमाएका ९ जनालाई जनही ७० हजारको दरमा ६ लाख ३० हजार र घरवारविहिन ६ जना परिवारलाई जनही ६५ हजारको दरमा ३ लाख ६० हजार रुपैयाँ वितरण गरिएको छ । कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले प्रवासीहरुको तर्फबाट प्राप्त रकम पीडित परिवारलाई वितरण गर्नुभयो ।

पहिरोले पु¥याएको मानवीय क्षती र विस्थापितहरुलाई अमेरिकामा रहेका ९३ जनाले उक्त रकम सहयोग गरि गाउँ सम्म ल्याएका हुन् । रकम वितरण कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले पीडितहरुलाई परेको समस्यालाई मध्यनजर गर्दै प्रवासी नेपालीहरुले गरेको सहयोग अतुलनिय रहेको बताउनुभयो ।

उहाँले पहिरो पीडितलाई वस्ती स्थानान्तरण गरि सुरक्षित ठाउँमा स्थानन्तरण गर्न राज्यको तर्फबाट आवश्यक पहल भैरहेको बताउनुभयो । कार्यक्रममा कुश्मा नगरपालिका ३ का वडाध्यक्ष तेजप्रसाद पाध्या, पर्वत समाज अमेरिकाका संस्थापक सचिव सञ्जिव श्रेष्ठ, समाजसेवी कुलबहादुर गुरुङ लगायतले बोल्नुभएको थियो ।

दुर्लुङबासीहरुले सामूहिक रुपमा पहिरोमा ज्यान गुमाएका द्रिपा थापा र विवेक थापाको स्मृतिमा स्थापना गरेको अक्षयकोषका संयोजक प्रभु गुरुङले अक्षयकोषमा अहिले सम्म ९ लाख रुपैयाँ भन्दा बढि रकम जम्मा भैसकेको जानकारी दिनुभयो । उहाँले संस्थापक सदस्य दुई सय जना पुराउने चरणमा रहेको बताउनुभएको थियो ।