लकडाउनपछि पर्वतमा बिदेशबाट आउनेको संख्या एक हजार बढी


दुर्गाप्रसाद शर्मा,पर्वत ।

लक डाउनपछि पर्वत जिल्लामा भारत र तेस्रो मुलुकबाट गरि एक हजार भन्दा बढी नागरिक जिल्ला भित्रिएका छन । लक डाउनपछि पर्वत जिल्लामा १ हजार ५० जना मानिस बिदेशबाट जिल्ला फर्केका हुन । पर्वतमा बिदेशबाट फर्कनेको संख्या ७ हजार हुने अनुमान गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्वतले दिएको जानकारी अनुसार जेठ १० गते यता मात्रै भारतबाट ६ सय १२ जना जिल्लामा आएका छन भने भारत बाहेक तेस्रो मुलुकबाट १ सय ४१ जना जिल्लामा आएका छन ।

जेठ १० मा बिदेशबाट जिल्लामा आउने सबैलाई पुलिङ्ग क्वारेन्टाईनमा राख्ने ब्यबस्था गरिएको थियो । ‘पुलिङ्ग क्वारेन्टाईनको ब्यबस्थापन पछि सबैलाई एकद्वार नितिका आधारमा कुस्मामै राख्ने ब्यबस्था गरिएको छ।’

प्रबक्ता एबम सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले बताउनुभयो ‘सबैको पिसिआर परिक्षण गरेर आइसोलेसन र सामुदायिक क्वारेन्टाइनमा पठाएका छौ’ कार्यालयका अनुसार पर्वतमा हाल सम्म ९४ जनामा कोरोना संक्रमण पुष्टि भइको छन भने उनीहरु मध्ये ६ जना बाहेक सबै निको भएर होम क्वारेन्टाईनमा गएका छन ।

कुस्मा र मोदी गाउँपालिकामा रहेका पुलिङ्ग क्वारेन्टाइनमा १ सय ९ जना रहेका छन । हाल सम्म सामुदायिक क्वारेन्टाइनमा ४ सय १ जना बसेका थिए । अहलिे होम क्वारेन्टाईनमा बस्नेको संख्या भने १ सय ९६ रहेको छ ।

अहिले पछि पिसिआर रिर्पोट नेगेटिभ आएर ३ सय ४५ सबैभन्दा बढी फलेबास नगरपालिकामा ८८ जना आएका छन भने कुस्मा नगरपालिकामा त्यसभन्दा अघि भारत र अन्य मुलुकबाट गरि २ सय ९७ जना जिल्लामा आएका थिए । उनीहरु भारत र तेस्रो मुलुकबाट आएर पालिकाहरुले स्थापना गरेको क्वारेन्टाईनमा बसेका थिए ।