नचिनिने अबस्थामा बालिकाको शव फेला


न्युज अफ नेपाल, हेटौंडा ।

मकवानपुरको भीमफेदी गापा वडा–८, रिठ्ठेभिरस्थित बागमती नदीको पानीमा करिब १२ वर्षीया एक बालिकाको शव फेला परेको छ । शरीरको छाला खुइलिएको अबस्थामा फेला परेको शवको जाँच मुचुल्कालगायत प्रारम्भिक अनुसन्धान सम्पन्न गरी शवलाई हेटौंडा अस्पतालको शवगृहमा ल्याइएको छ ।

साउन १ गते दिउँसो करिब १२ बजे फेला परेको शव हालसम्म सनाखत नभएको प्रहरीले जनाएको छ । गोरो वर्णको, उचाईं करिब ३.५ फिट, ठीक्कको शरीर, शरीरको माथिल्लो भागमा कालो, सेतो, रातो र पहेंलो बुट्टे कुर्ता लगाएको,मंगोलियन जाति जस्तो देखिने, नाक छोटो, अनुहार गोलो, कालो लामो कपाल, शरीर छाला खुइलिएर सेतो भएको, नाम र ठेगाना नखुलेको हुनाले बालिकालाई चिन्नेले नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयको ९८५५०९०१५० नम्बरमा सम्पर्क गरी जानकारी गराइदिन अनुरोध गरिएको छ ।