खोलाले बगाएका पुरुषको शव भेटियो


न्युज अफ नेपाल,पाल्पा ।

पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ३, पुट्टाचउर स्थित रिडीखोला तर्ने क्रममा खोलाले वगाएर वेपत्ता भएका एक पुरुष शनिवार मृत अवस्थामा भेटिएका छन् ।

शुक्रबार बेलुकी रैनादेवी छहरा गाउँपालिका वडा नं. ३, पुट्टाचउर स्थित रिडीखोला तर्ने क्रममा अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नं. ८ किमडाँडाका ४० वर्षिय देबबहादुर मुखियालाई खोलाले बगाएको थियो ।

मुखियाको खोजी कार्य गर्दैै जाँदा गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका मनवाग स्थित रिडी खोलामा मृत अवस्थामा शनिवार दिउसो १२ बजेतिर फेला परेको पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिनुभयो । स्थानीयले शव खोलामा देखेपछि प्रहरीलाई खवर गरेका थिए ।