आजको सचिवालय बैठक प्रधानमन्त्री ओलीका लागि अग्नि परीक्षा

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

विवादको भुमरीमा परेर रुमलिएको सत्तारुढ दल नेकपाको सचिवालय आज बस्दै छ । लामो समयदेखि स्थायी समितिको बैठक स्थगित भएपछि सचिवलयको बैठक बोलाइएको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले दुवै पदबाट राजिनामा दिनुपर्ने भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधव नेपालले अडान लिएपछि सो पार्टीको बिवादले उग्र रुप लिएको छ ।

पटक पटकको दुई अध्यक्षबीच भएको बार्ताले मुर्त रुप लिन नसकेपछि सचिवलयको बैठक बोलाइएको छ । सचिवालयको बैठकले ओलीको भविष्य निर्धारण गर्ने भएको छ । आजको बैठकमा चर्काचर्की हुने संभावना रहेको बताइएको छ । सचिवालयमा समेत अल्पमतमा पर्नु भएका प्रधानमन्त्री ओलीले आजको सचिवालय बैठकमा आफ्नो धारणा राखेपछि केही महत्वपूर्ण निर्णय हुने अपेक्षा नेताहरुले राखेका छन ।