नागरिकता किर्ते मुद्दाका फरार प्रतिवादी कारागार चलान


न्युज अफ नेपाल, भद्रपुर ।

नागरिकता किर्ते मुद्दामा फरार रहेका एक व्यत्तिलाइ कारागार चलान गरिएको छ । ताप्लेजुङ डुम्रिसे एकुवे घर भई हाल जिल्ला झापा साविक शान्तिनगर गा.बि.स. वडा नं ०१ हाल बुद्धशान्ति गाँउपालिका वडा नं ०४ का ४२ वर्षिय भीम बहादुर खड्कालाइ कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाको पत्र जाहेरीले वादी नेपाल सरकार प्रतिवादी समेत भएको नागरिकता किर्ते मुद्दामा झापा जिल्ला अदालतले वि.सं.२०७३ जेठ ३१ गतेको फैसला बमोजिम खड्कालाई एक बर्ष ६ महिना कैद र पाँच हजार पाँचसय पचास रुपैयाँ जरिवाना ठहरेको थियो । घटनापछि फरार रहेका खड्कालाइ खोजतलाशको क्रममा बिशेष सूचनाको आधारमा शुक्रबार फेला पारिएको जिल्लाका डिएसपी राकेश थापाले बताउँनुभयो । पूरानो मुद्दा भएकोले खड्काको मिसिल फेला पारेपछिमात्र वृस्तीत् घट्ना विवरण जानकारी हुने उहाँको भनाइ छ । खडकाले दोहोरो नागरिकता लिएको हुनसक्ने उहाँले जनाउँनुभयो ।

खटिएको प्रहरी टोलीले बुद्धशान्ति गाउँपालिका ४ बाट पक्राउ गरेपश्चात् ठेकिएको कैद भुक्तानको लागि अदालतको आदेशमा झापा कारागार चलान गरिएको उहाँले जानकारी दिनुभयो ।