सर्वेक्षणमा सहभागी बनौं मिडियालाई विपदमैत्री बनाऔं : नेपाल प्रेस इन्स्टिच्युट


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली पत्रकारितालाई विपत्का समयमा पनि आम पाठक, श्रोता तथा दर्शकको सेवामा अझ बढी सवलीकरणका साथ व्यावसायिक सेवा प्रदान गर्न सक्ने बनाउने प्रयोजनले नेपाल प्रेस इन्स्टिच्युटले सर्वेक्षण सुरु गरेको छ ।

गत असार अन्तिम सातादेखि बर्नमथ युनिभर्सिटीको सहयोगमा इन्स्टिच्युटले अनलाइन सर्वेक्षण सुरु गरेको हो । कम्तिमा दुई हजार सहभागीले सर्वेक्षणमा भाग लिने अनुमान गरिएकोमा हालसम्म त्यसको आधा संख्या मात्र पुगेको इन्स्टिच्युटले जनाएको छ ।

यस्तै, इन्स्टिच्युटले सबैलाई सो सर्वेक्षणमा सहभागी हुन आग्रह गरेको छ ।

Press Release COVD19