यस्तो छ प्रिमियर स्कुलले अभिभावकलाई पठाएको ढाड सेक्ने म्यासेज

94
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

खुमलटारको प्रिमियर स्कुलको ज्यादतीको विषयमा समाचार प्रकाशित भईरहदा विद्यालयले अभिभावकलाई पटक पटक टेलिफोन गरी दुःख दिइरहेको छ । उनीहरुले कक्षागत अभिभावक प्रतिनिधि (पिआर) मार्फत यस्ता म्यासेज पठाइरहेका छन् ।

माथिको शुल्क तालिका त एउटा कक्षाको नमुना मात्र हो । फरक कक्षाका फरक पिआरले भाषा एउटै प्रयोग गरी फरक रकम उल्लेख गरेर म्यासेज पठाएका छन् ।

ठुला विद्यालयको ज्यादत्तीको कारण प्याब्सन र एन प्याब्सन आबद्ध विद्यालयले आफ्नो अभिभावकसंग वार्षिक शुल्कको कुरा त परै जाओस मासिक शुल्क समेत लिन सकेको छैनन । यस्तो अवस्थामा प्रिमियरले लगातार दबाब दिएपछि अभिभावक हैरान भएका छन् ।

ठुला विद्यालयले मनपरी शुल्क असुल्ने तर अधिकांस विद्यालयले मासिक शुल्क समेत लिन नसक्ने अवस्थमा पुगेका छन् । सरकारले मासिक शुल्क लिने समेत अनुमति नदिएको आरोप लगाउदै चरम आर्थिक संकटमा परेका जनाउदै हिजो साउन १ हिजो बिहीबारदेखि दशैभरका निजी विद्यालयको अनलाईन कक्षा बन्द गरेका छन । शिक्षक र कर्मचारीलाई घरबिदा दिइएको छ ।

बन्दको फाइदा त अहिले मनपरी शुल्क उठाउन म्सेज र बील पठाएका र शुल्क उठाउन नपाएका ठुला विद्यालयलाई परेको छ । अभिभावकले शुल्क तिर्न नमानेपछि बन्द गर्न सल्लाह दिएका ती विद्यालयलसंग शुल्क लिए वा नलिएको विषयमा सम्पर्क गर्दा अधिकांसले भन्ने गरेका छन्– अहिले हामीले बिद्यालय बन्द गरेका छौ , कुरा नगर्न आग्रह गर्छौ भन्ने गरेका छन् ।

विषेशगरी प्रिमियर, युलेन्स, काठमाडौ वल्र्ड र रातो बंगला, जेम्स, पाठशाला लगायत दुई दर्जन विद्यालयको कारण मासिक शुल्क समेत उठाउन नसकेका करिब ६ हजार विद्यालय संकटमा परेको छ । पछिल्लो समय प्रिमियरको दबाबको कारण अधिकांस अभिभावकले आफ्ना छोराछोरी फिर्ता गर्ने सम्मका अप्रिय निर्णय गर्ने तयारीमा छन् ।

छोराछोरीलाई विद्यालयले टर्चर दिन्छन भन्ने डरले मिडियामा नबोली विद्यालयको पछिल्लो गतिविधिको विरोध गरीरहेका अभिभावकले प्रिमियरले पठाएको शुल्क नतिर्ने पुरानो अडान दोहो र्‍याएका छन् । उनीहरुको पछिल्लो अडान त पैसा तिर्न पर्छ भन्ने कुरा सोच्नै छाड्यौ । यस्तो अवस्थामा मनपरी शुल्क मागेपछि कसरी तिर्ने ?–सबै अभिभावकको एउटैभनाई छ ।

अधकांस अभिभावकले स्कुलको यस्तो ब्यवहार देखेर दुःख ब्यक्त गरेका छन् । केही अभिभावकले पिआर(कक्षागत प्रतिनिधि) मार्फत पठाएको शुल्क सहितको म्यासेजको जवाफ दिदै सामाजिक सञ्जालमा लेखेका छन्– ‘लक डाउनको अवधिमा स्कुल सञ्चालन नभएको बेला बैशाख, जेठ र असारसम्मको शुल्क सहिच भनि झण्डै २ लाख रुपिया असुल्न कोसिस गरिरहेका छन् ।

स्कुल आफैले आफ्नो आधिकारीक माध्यम वा कर बिजक प्रयोग नगरी पैसा डिपोजिट गर्न ताकेता दिइरहेको हुनालेसबै अभिभावकहरु पिडित र आतंकित भैरहेका छन् । साथै चैत महिनाको शुल्क नलिन नेपाल सरकारले गरेको निर्णयलाई समेत लत्याएर पहिलानै शुल्क लिइसकेका छन्’ ।

शुल्कको विषयमा विवाद भएपछि असार २६ फोटोकपी पेपरमा सूचना जारी गरेका विद्यालयले मासिक शुल्कमा १५ प्रतिशत घटाएको घोषणा गरेको छ । तर वार्षिक शुल्कघटाउने विषयमा कुनै उल्लेख गरेको छैन । पत्रको अन्त्यमा भनिएको छ । केही समस्या र सहयोग लिनपर्नेभए विद्यालयको एक्जिुकेटीभ सेक्रेटरीअर्पणा शर्मासंग सम्पर्क गर्न अनुरोध गरिएको छ ।

विद्यालयले पठाएको पत्र र म्यासेजमा शर्माको मोबाइल नम्बर उल्लेख छ । सो नम्बरमा फोन गरी कुरा गर्दै उहाले भन्नुभयो–‘सरी म यो विषयमा बोल्न सक्दिन, म स्पोक पर्सन होइन,भन्नुभयो । उहाले अहिले विद्यालय पुर्ण रुपमा बन्द भएको समेत जानकारी दिनुभयो । अधिकांस आधिकारीत्र पत्र र सूचनामा विद्यालयको प्रिन्सिपलको नम्बर हुनुपर्नेमा सो विद्यालयले एक्जुकेटिभ सेक्रेटरीको नम्बर उल्लेख गरेको छ ।