कोरोना महामारीका कारण रसुवागढी भन्सारले वार्षिक लक्ष्य भेटाउन सकेन


सरस्वती न्यौपाने, रसुवा ।

कोरोना भाइरसका कारण रसुवागढि भन्सारले सोचे जति बार्षिक लक्ष्य भेटाउन सकेन ।

गएको माघ १५ गतेदेखि रसुवागढि नाकाबाट आयात- निर्यात तथा आवत-जावत बन्द भएकाले राजश्व संङकलनमा असर परेकाले भन्सार कार्यालयको वार्षिक लक्ष्य भन्दा एक अर्ब ३५ करोड ५० लाख ५६ हजार कम राजश्व सङकलन भएको छ। भन्सार प्रमुख पुण्य विक्रम खड्काका अनुसार भन्सार विभागले आर्थिक वर्ष २०५६/ ०७७ का लागि रसुवा भन्सार कार्यालयलाई नौ अर्व ३५ करोड ७८ लाख ३३ हजार रूपैया राजश्व संङकलन गर्ने वार्षिक लक्ष्य दिएकोमा भन्सार कार्यालयले आर्थिक वर्ष ०६७/०७७ मा आठ अर्व २७ लाख ७७ हजार मात्र राजश्व सङकलन गरेको छ। २०१३ सालमा रसुवागढिमा भन्सार कार्यालय स्थापना भएको हो । २०७१ साल मङ्सिर १५ गतेदेखि विधिवत रूपमा नै सन्चालन भएको र नाकालाई २०७४ भदौ १४ गते चिनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि सिमा क्षेत्रमा व्यवसायि -व्यापारीक र सवारि साधनको चाप बढदै गएको हो ।आयात निर्यात तथा आवत जावत ठप्प भएको करिव छ महिनापछि गएको असार २२ गते नाकाबाट सामान आयात भई कार्यालयले आर्थिक बर्ष २०७५/०७६ मा १० अर्व ६० करोड २४ लाख १९ हजार रूपैया राजश्व सङकलन गरेको थियो ।

यस्तै आयात निर्यात ठप्प हुदा चैत, बैशाख र जेठ महिनाको राजश्व शुन्य भएको भन्सार प्रमुख खडकाले बताउनु भयो ।भन्सार कार्यालयले सो आर्थिक वर्षमा नौ अर्व ५० करोड ६२ लाख ६२ हजार रावश्व सङकलन गर्ने लक्ष्य लिएको थियो तर कोरोना महामारीका कारण आयात निर्यात ठप्प हुदा राजश्वमा असर परेको हो। यस नाका हुँदै नेपालबाट चिनतर्फ हेयर क्रिम, हेयर आयल, चुईकम, कार्पेट, उनिको गलैचा ,चकलेट, जाम, जुस, पास्ता, चाचाउचाउ, श्रृङ्गारका सामान, दन्त मन्जन, मेहन्दि, धातुको मुर्तिलगाएतका वस्तुहरू निकासि हुने गर्दथ्यो भने चिनबाट नेपालतर्फ प्लास्टिकका सामान, चस्मा को फ्रेम, चस्मा, युपिएस, मोटरको व्याट्रि, छालाको जुत्ता, चप्पल, रवर, लेडिज सेन्डल, स्याउ, तयारि कपडालगाएतका सामान पैठारि भइरहेको थियो ।