सांसद आर्चायद्वारा पाँच सय बढीको कोरोना बिमा


सरस्वती न्यौपाने, रसुवा ।

नेपाली काङ्ग्रेसबाट सङघिय सांसदमा रसुवाबाट विजय भएका सांसद मोहन आचार्यले आफ्नो निर्वाचन क्षेत्रका पाँच सय आठ जना पेसाकर्मिहरूको आफ्नो व्यक्तिगत खर्चबाट निशुल्क कोरोना बिमा गराएका छन् ।

उनले स्वास्थ्यकर्मि, पुलिस, पत्रकार तथा राजनितीक दलमा आवद्ध व्यक्तिको निशुल्क कोरोना बिमा गराएका छन् । उक्त बिमा गराउदा तीन लाख रूपैया बराबरको विमा शुल्क बिमा कम्पनीलाई बुझाएको सांसद आर्चायले जानकारि दिनु भयो। बिमा समितिले ५० हजार र एक लाख रूपैयागरि दुई प्रकारका कोरोना बिमा लेख जारि गरेको छ।

समाजमा अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने विभिन्न पेसाकर्मीको निशुल्क बिमा गराएर मनोवल उच्च बनाउने पहल गरिएको सांसद आर्चायले बताउनु भयो।