न्युज अफ नेपाल, काठमाडौं ।
राष्ट्र बैङ्कले ऋण तिर्ने अवधि २ वर्षसम्म थप गरेको छ ।
आर्थिक वर्ष २०७७/ ७८ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले कोरोना प्रभावित क्षेत्रलाई २ वर्षसम्म ऋण तिर्ने म्याद थपिएको जनाएका छन् ।
स्तरीय होटलको हकमा अधिकतम २ वर्ष, अतिप्रभावित क्षेत्रमा प्रवाहित कर्जाको हकमा एक वर्ष, मध्यम प्रभावित क्षेत्रमा प्रवाहित कर्जाको हकमा ९ महिना र निम्नप्रभावित क्षेत्रमा प्रवाहित कर्जाको हकमा ६ महिनासम्मका लागि एक पटक ग्रेस अवधि थप गर्न सकिने व्यवस्था मिलाइने गभर्नर अधिकारीले बताए ।
Monetary policy (In Nepali) 2077-78










प्रतिक्रिया