न्युज अफ नेपाल, काठमाडौं ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले खेल पत्रकार प्रकाश तिमिल्सिनालाई दुर्व्यवहार गरेको भन्दै खेलकुद पत्रकार मञ्चले विरोध जनाएको छ ।
बिहिबार साँझ समाचार संकलनका लागि फोन वार्ता गर्ने क्रममा थापाले हाम्रो खेलकुद डटकमका सम्पादक तिमिल्सिनालाइ गाली गलौजसहित अभद्र ब्यवहार गरेको मञ्चले जनाएको छ । त्यसपछि थापाका छोरा अभिषेकले कार्यालयमा नै गई पत्रकार तिमल्सिनासँग बादविवाद गरेको भन्दै मञ्चले विरोध जनाएको छ ।
मञ्चले विज्ञप्ति जारी गर्दै पत्रकारहरुको भौतिक सुरक्षा प्रति यस घटनाले मञ्चको गम्भिर ध्यानकर्षण भएको उल्लेख गरेको छ । मञ्चले घटनाप्रति नेपाल सरकार, नेपाल पत्रकार महासंघ, अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ ९एआईपीएस० र एआईपीएस एसियाको समेत ध्यानाकर्षण गराएको जनाएको छ । मञ्चले यस्ता घटना आगामी दिनमा नदोहोरियोस् भन्दै सम्पुर्ण पत्रकारहरुको सुरक्षाको माग गर्दै नेपाल सरकारको ध्यानकर्षण समेत गराएको छ ।












प्रतिक्रिया