नेपालमा कोरोनाका कारण थप एक जनाको मृत्यु

0
Shares

न्यूज अफ नेपाल, काठमाडौँ ।

कोरोना संक्रमणका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक वृद्धको मृत्यु भएको हो । मृतक सप्तरी राजविराज नगरपालिकाका–११ निवासी भएको र निजको बिहीबार राति मृत्यु भएको बुझिएको छ ।

निज व्यक्तिलाई विहिवार दिउँसो अस्पताल भर्ना गरिएको थियो । बृद्धलाई कोराना संक्रमण पुष्टि भएपछि नै अस्पताल भर्ना गरिएकाले पूर्ण रुपमा अस्पतालले अपनाउनुपर्ने सुरक्षा अपनाएको अस्पताल स्रोतले जनाएको छ ।

मृतकको अन्त्यष्टिको लागि आवश्यक तयारी भैरहेको र सप्तरीमै शव व्यवस्थापन निर्देशिका अनुसार नै गरिने स्थानीय प्रशासनले जनाएको छ । नेपालमा अहिले सम्म कोरोना संक्रणका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ ।