सर्वोच्च अदालत र भूकम्पीय कानुन



  • दिनेश चौधरी

मिति २०७४।१२।१९मा सर्वोच्च अदालतले बोल्यो– ‘भवनलगायत अन्य निर्माणकार्यको सम्बन्धमा अन्तर्राष्ट्रिय रुपमा स्वीकृत प्राविधिक मापदण्डको अनुकूल हुने गरी मापदण्ड एवं निर्माण आचारसंहिता बनाई प्रभावकारीरुपमा कार्यान्वन गर्नु÷गराउनु, कमसल वा गुणस्तरहीन सामग्रीको प्रयोग नगर्नेतर्फ आवश्यक जनचेतना जगाउने लगायतका गुणस्तरीय निर्माणकार्य सुनिश्चित गर्न अनुगमन, नियन्त्रण एवं निगरानीसम्बन्धमा आवश्यक व्यवस्था मिलाउनु भनी विपक्षीहरुको नाउँमा निर्देशनात्मक आदेश जारी हुने ठहर्छ ।’(रिट नं. ०७४–डब्लु ओ–००५२, निवेदक इन्जिनियर अधिवक्ता दिनेश चौधरी, विषक्षीहरु ८ जना क्रमशःप्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग,नेपाल गुणस्तर तथा नापतौल विभाग,निर्माण व्यवसाय विकास परिषद्–भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय,नेपाल इन्जिनियरिङ परिषद्,सार्वजनिक खरिद अनुगमन कार्यालय,राष्ट्रिय पुनर्निर्माण प्राधिकरण।)
तर हालसम्म आदेशानुसारकोकानुनको निर्माण हुन सकेका छैनन् । २०७२सालको महाभूकम्पको सामान्य झट्काले राजधानी काठमाडौंका बलिया मानिएका फलामे डन्डी–सिमेन्ट कंक्रिटले बनेका रिनफोर्सद सिमेन्ट कंक्रिट (आर.सी.सी.) घर आदि संरचनाहरु केही भत्के भने प्रायः चर्किसकेका छन् । आर.सी.सी. चर्किनु भनेको संरचना असफल हुनु हो । किनकि ती चर्केका चिराबाट जलयुक्त हावा सजिलैसाथडन्डीसँग संसर्गमा आउँछ । कंक्रिटभित्र सफा डन्डीर कुशल कंक्रिट प्रयोग भएको अवस्थामासफा डन्डीले खियाको अवरोधकको रुपमा कार्य गर्छ तर चिरा परेको अवस्थामा सफा डन्डीमा पनि जलयुक्त हावाको सीधा वातावरणले डन्डीलाई खियामय बनाउँछ ।
हाम्रो देशमा खियायुक्त अवस्थामा नै डन्डीको खरिद र खियायुक्त अवस्थामा सफा नगरी त्यसैमाथि कमसल कंक्रिट मसलाले खियायुक्त डन्डी छोप्ने कार्यको चलन प्रायः संरचनामा भैरहेको अवस्था छ । विज्ञानले भन्छ– खियायुक्त डन्डी खियाको विस्तारक हो भने सफायुक्त डन्डीले गुणस्तरयुक्त कंक्रिटको वातावरणमा अवरोधकको कार्य गर्दछ । हाम्रो कंक्रिट ढलानभित्र रहेका खियायुक्त डन्डीले ती चिराको माध्यमबाट सीधारुपमा प्रवेश पाएका जलयुक्त हावा जो खियाको उत्पादक तत्व हो, पहिलेका खियाको सहाराले गतिशीलरुपमा डन्डीवरिपरि खियाको आयतन बढाउँछ । अब एकातर्फ दिन–प्रतिदिन खियाको आयतन र सोहीअनुसारको अर्कोतर्फ चिराको चौडाइ बढ्न थाल्छ । कंक्रिट र डन्डीबीचको कुशल बन्धनको मात्राहरु घट्दै जान्छ। अन्तत्वोगत्वा संरचनाभित्रका बन्धन कमजोर हुन जान्छन् । त्यसपछि भार संरचनाभित्रका डन्डीले तन्किने र कंक्रिट कम्प्रेसन (थिचिने) भार लिन छोड्छ अनि एक्कासि आउने भूकम्पले बलिया मानिने संरचना सजिलै लड्न जान्छन् ।
भूकम्पपछि निर्माण भएका र भइरहेका संरचनाको बारेमा विचार गर्दा, खियायुक्त डन्डीको खुल्ला बाजार व्यवस्थापन तथा सफा नगरीकन खियायुक्त डन्डीमाथि प्रत्येक घर आदि संरचनामा कंक्रिट ढलान भइरहेको अवस्था छ । कंक्रिटको निर्माणमा एकातर्फ गुणस्तरहीन बालुवा,रोडा,सिमेन्ट आदिको प्रयोग तथा गलत मसला बनाउने तरिकाको प्रयोग,पानी पटाउने तरिका कमस्तरको आदि कार्यहरु इन्जिनियरिङ सिद्धान्तविरुद्ध भएको अवस्था छ । ढलानभित्र रहेका खियायुक्त डन्डीले कमसल मसलामा रहेका प्वालबाट सजिलैजलयुक्त हावाको प्रवेश पाउँछ । कंक्रिटमा रहेका खियायुक्त डन्डीतीव्रताका साथ र सफा डन्डीले शुरुमा अवरोधकको काम गरे पनि केही समयपछि खियायुक्त डन्डीमा परिणत भई पुनः तीब्रताका साथ खियाको आयतन बढाउँछ । अनि कमजोर कंक्रिटभित्र डन्डीको सतहदेखि कंक्रिटका बाहिरी सतहतर्फ चिरा पर्न थाल्छ । बिस्तारै–बिस्तारै चिराको आयतन बढ्न थाल्छ । चिराको चौडाइ बढ्न थाल्छ । कंक्रिट र डन्डीभित्रका बन्धनहरु खुकुलो भई कमजोर हुन थाल्छ । र, भूकम्पको सानो धक्काले संरचना सजिलै पक्कै लड्ने निश्चित हुन जान्छ ।
तपाईं हावा नभएको खाली पानी मात्र भएको भाँडोमा फलामका टुक्राहरु हाल्नुहोस्, खियालाग्दैन । पानी नभएको सुक्खा हावा भएको भाँडोमाफलामका टुक्राहरु हाल्नुहोस्, खिया लाग्दैन । तर पानी र हावा भएको अर्थात् जलयुक्त हावाभएको स्थानमा फलामका डन्डीलाई राख्नुहोस्, खिया लाग्न शुरु गर्छ । इन्जिनियरिङ कोडले खियायुक्त डन्डीको भण्डारण गर्न निषेध गरेकोछ । लामो समयसम्म भण्डारण गरिँदा कसरी गर्ने भनी सिमेन्ट वासिङ आदि तरिका प्रयोग गर्र्न स्पष्ट निर्देशन दिइएको छ । साथै खियालागेमा कसरी सफा गर्ने भन्ने प्रविधिको बारेमा समेत ब्लास्टिङ आदि सफा गर्ने तरिकाहरुबारे निर्देशन गरेको पाइन्छ ।
ढलान कार्य गर्नुभन्दा पहिले सबै फलामे डन्डीलाई सफा खियारहित अवस्थामा पारेर मात्र कुशल सिमेन्ट कंक्रिट ढलानले छोप्नुपर्दछ भन्ने समेतका निर्देशन दिइएको छ । तर यसका बाबजुद हाम्रो देशमा एकातर्फ डन्डी बेचबिखनका कानुनको अभाव छ भने अर्कोतर्फ यस्ता किसिमका गलत प्रविधि रोक्ने प्रयास कुनै निकायबाट भए÷गरेको पाइँदैन । जसरी कसैको खानामा कसैले विष हाल्छर मानिस केही दिनपछि मर्छ भने उसको अपराध विष हालेको अवस्थादेखि शुरु हुन जान्छ । र, त्यो विष हाल्ने मानिस विष हालेको अवस्थादेखि नै भ्रष्टाचारी ठहरिन्छ । यहाँ त जिम्मेवार निकायका प्रमुखले खियाको कानुनलाई तोड्यो र खियाको भ्रष्टाचार एवं भ्रष्टाचारीको जन्म दियो ।तिनका प्रमुखहरुलाई पनि खियाभित्रका भ्रष्टाचार र भ्रष्टाचारीको रुपमा नियन्त्रणर रोकथाम अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्नुपर्छ भनी ढोका घचघच्याउँदाखियाका कानुन व्यवहृत गर्ने प्रमुखलाई नियन्त्रण र कार्यवाही नगरी निम्न सुझाव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई दिएको अवस्था छ ।
‘खिया लागेको छड(डन्डी) प्रयोग गर्दा निर्माणकार्यको गुणस्तरमा ह्रास आउने हुँदा नेसनल तथा इन्टरनेसनल कोडहरुले निर्माणकार्यमा प्रयोग हुने छड(डन्डी) खिया लागेको हुनु नहुने भनी स्पष्ट किटान गरेको अवस्थामा कतिपय निकायहरुबाट निर्माणकार्यमा खिया लागेको डन्डीसमेत प्रयोग भएको देखिँदा निर्माणकार्यको गुणस्तर सुनिश्चित गर्न सम्बन्धित निकायहरुबाट खिया लागेको डन्डी प्रयोग हुन नदिनेतर्फ आवश्यक व्यवस्था मिलाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८को दफा २८ बमोजिम प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई सुझाव लेखी पठाउने ।’
हाम्रो राजधानी भूकम्पको अन्तिम क्षेत्र जोन ५मा अवस्थित छ । यहाँ भूकम्प पक्कै आउँछ । तसर्थ यहाँका संरचनाहरु भूकम्पीय जोखिम उठाउने खालका हुनुपर्दछ । डन्डीको भण्डार कसरी गर्ने, कसरी बेचबिखन गर्ने, साइटमा कसरी राख्ने, कसरी डन्डी चाँडै र सुरक्षितरुपमा तयार गर्ने, कसरी चाँडै ढलान गर्ने? यस्ता खालेखियाको क्रियाहरुको बचाउने प्रविधिहरुको ज्ञान दिन अति आवश्यक छ । यहाँ वर्षौं खुला आकाशमुनिडन्डी बाँधेर ढलान कार्य नै नगरी नाङ्गो अवस्थामा डन्डी राख्ने चलन प्रचुर मात्रामा पाइन्छ,जसले गर्दा खिया यति लाग्छ कि यसलाई सफा गर्न पनि मिल्दैन ।कानुनले भन्छ– फलामे तार–ब्रसले सफा हुने खालका डन्डीलाई मात्र सफा गरी प्रयोग गर्ने, हैन भने त्यस्ता सफा नहुने खालका डन्डीलाई प्रयोग गर्न नदिने ।
सर्वोच्च अदालतकाआदेश धेरै नै मार्मिक र सबैको लागि फलदायी छन् । यदि यो व्यवहृत हुन सक्यो भने आमनागरिकले समेत डन्डी र खियाको बारेमा ज्ञान र प्रयोग गर्ने वातावरणमय शिक्षा पाउनेछ ।कुशल कामदार,इन्जिनियर,निर्माण सामग्रीको प्रयोग भई कुशल इन्जिनियरिङको जन्म हुनेछ । यसको लागि राष्ट्रिय सभा तथा प्रतिनिधिसभाका सांसदहरुलाई इमेलमार्फत दस्तावेजहरु उपलब्ध गराइसकेको अवस्था छ । भूकम्प सबैको साझा समस्या हो । यसलाई संसद्भित्रका सबै १६वटा समितिलाई कार्यवाही र आवश्यक सहयोगको लागि समेत आवश्यक दस्तावेजहरु उपलब्त्र गराइसकेको छ । यसमा सबैभन्दा बढी जिम्मेवारी विकास तथा प्रविधि समितिको अगुवाइ हुन नितान्त जरुरी छ ।अर्थ समितिले खियायुक्त डन्डी र ढलानमा एक रुपियाँ पनि खर्च नगर्ने जस्तो आमनागरिकमा सन्देश जाने कार्यक्रम बनाई नेपाली अर्थतन्त्रको जन्म दिनेछ। दिगो विकास तथा सुशासन समितिले कुशल र दिगो कानुनलाई कसरी व्यवहृत गर्ने भन्ने किसिमको वातावरण सबै समितिसँग सृजना गरी कुशल संसद्को जन्म दिनेछ । याद रहोस्, यदि हामीले हड्डीरुपी फलामे डन्डीलाई संरचनाको शुरु जीवनदेखि अन्त्यसम्म कंक्रिटभित्र सफा अवस्थामै राख्न सक्यौं भने हाम्रो घर आदि संरचना कहिल्यै पनि लड्दैनन् । किनकि संरचना लड्नुको मुख्यकारण डन्डीमा खिया लाग्नुअर्थात् कुशल बन्धनको अभाव हो ।
लेखक चौधरी इन्जिनियर तथा अधिवक्ता हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्