आर्सेनलसँग हारेपछि लिभरपुललाई धक्का

0
Shares

लन्डन, (एजेन्सी)

जारी सिजनको प्रिमियर लिग च्याम्पियन लिभरपुल हारेपछि एउटै सिजनमा १ सय अंक पु¥याउने टोलीको लक्ष्यमा धक्का लागेको छ ।

इमिरेट्स रंगशालामा घरेलु टोली आर्सेनलले लिभरपुललाई २–१ ले हराएको हो । योसँगैं लिभरपुलको ३६ खेलबाट ९३ अंकमै सीमित भएपछि १ सय अंकमा पुग्नबाट वंचित भयो । अब लिभरपुलले दुई खेल खेल्न बाँकी छ । यसअघि प्रिमियर लिगमा दुई वर्षअघिको सिजनमा म्यानचेस्टर सिटी १ सय अंकमा पुगेको थियो ।

लिभरपुलका साडियो मानेले २०औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर आर्सेनलले खेलमा पुनरागमन गर्दै जित हात पारेको थियो । आर्सेनलका लागि एलेसान्डे« लाकाजेटेले ३२औं मिनेटमा गोल गर्र्दै खेल बराबरीमा पु¥याए ।

त्यस्तै रिइस नेल्सनले ४४औं मिनेटमा गोल थप्दा आर्सेनल २–१ को अग्रतामा रहेको थियो । दोस्रो हाफमा गोल नभएपछि लिभरपुलले लिग सिजनमा तेस्रो हार बेहोर्न बाध्य भयो भने जितसँगै आर्सनल ३६ खेलबाट ५३ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ ।

टोटनहामका कप्तान ह्यारी केनले प्रिमियर लिगमा २ सय गोल पुरा गरेका छन् । बुधबार राति भएको खेलमा केनले २ गोल गर्दा टोटनहामले न्युक्यासल युनाइटेडलाई ३–१ ले हराएको थियो । एक गोल सनले गरेका थिए भने न्युक्यासलका माट रिट्चीले गोल गर्दै खेल १–१ बराबरीमा ल्याएका थिए । तर केनले दोस्रो हाफमा दुई गोल गर्दै टोलीलाई ३ अंक दिलाए ।

जितसँगै टोटेनहामले अर्काे सिजनको युरोपा लिग खेल्ने सम्भावना जीवितै राखेको छ । टोली ३६ खेलबाट ५५ अंक जोडेर सातौ स्थानमा रहेको छ । न्युक्यासल ४३ अंक जोडेर १३औं स्थानमा छ ।

अर्को खेलमा म्यानचेस्टर सिटीले बर्नमाउथलाई २–१ ले हराएको थियो । इतिहाद रंगशालामा भएको खेलमा सिटकिो जितमा डेभिड सिल्भा र गेब्रियल जेससले गोल गरे । बर्नमाउथका लागि डेभिड ब्रुक्सले गोल गरेका थिए ।

यो जितले सिटीलाई दोस्रो स्थानमा यथावतै राख्यो भने बर्नमाउथलाई रेलिगेसनको डर भएको छ । बर्नमाउथ ३६ खेलबाट ३१ अंक रहेर रेलिगेसन जोनमै रहेको छ । टोलीसँग २ खेल बचेको छ । यसअघि नर्विच सिटी रेलिगेसनमा परेको थियो ।