कोरोना जितेर घर फर्किईन सुकुमायाँ (भिडियोसहित)

0
Shares

नानीराम नेपाल, सिन्धुपाल्चोक ।

कुवेतबाट आएकी एक महिला कोरोना जितेर घर फर्किएकी छन । बार्हबिसे प्राथमिक स्वास्थ केन्द्रको आइसोलेशनमा २१ दिन बसेर बार्हबिसे – ७ कि ३९ बर्षीया सुकुमायाँ तामाङ शुक्रबार घर फर्किएकी हुन ।

बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले खादा लगाएर सुकुमायाँलाई घर पठाउनुभयो । “तपाईं जीवन मरणको परिक्षामा सफल हुनुभयो हामी खुसी छौँ” बार्हबिसे प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा सुकुमायाँलाई बिदाई गर्दै मेयर शेर्पाले भन्नुभयो, ” उच्च मनोबलले कोरोना जितिन्छ भन्ने उदहारण बन्नुभयो बधाई छ ।”

असार पहिलो साता कुवेतबाट आएकी सुकुमायाँ सुनकोसी ७ स्थित क्षेत्रीय क्वारेन्टाईनमा बसेकी थिईन । ९ असारमा पिसिआर पोजेटीभ देखिएपछी भोलिपल्टै बार्हबिसेस्थित आइसोलेशनमा ल्याईएको थियो । पछिल्लो दुई रिपोट नेगेटिभ आएपछी उनलाई २२ औँ दिनमा घर पठाईएको हो । ”

१४ दिनमा अर्को रिपोर्ट लिँदा नेगेटिभ आयो, ७ दिनपछि फेरि जाँच गर्दा नेगेटिभ नै देखिएपछी उहाँ संक्रमण मुक्त हुनुभयो अनि घर पठाइयो” प्राथमिक स्वास्थ्य केन्द्र बार्हबिसेकी मेडिकल सुपरिटेन्डेन्ट शृजना महर्जनले भन्नुभयो । सुकुमायाँ दुई बर्ष अघि बैदेशिक रोजगारीका लागि कुवेत गएकी थिईन ।