ज्याेति ग्रुपकाे परिवारभित्रै मिल्नुपर्ने विवाद प्रहरीकहाँ पुगेर छताछुल्ल भएपछि…

0
Shares

न्युज अफ नेपाल, काठमाडाैँ ।

एक सय वर्ष पुरानो र प्रतिष्ठित मानिएको व्यापारिक घराना ज्योति ग्रुपमा परिवारभित्रै मिल्नुपर्ने सम्पत्ति बाँडफाँडको विवाद प्रहरीकहाँ पुगेर छताछुल्ल भएको छ ।

अमेरिकाको हाडर्वर्ड विश्वविद्यालयबाट विद्यावारिधी गरेका वौद्धिक तथा विपश्यना ध्यान गर्ने डा. रुप ज्योतिले दाई पद्म ज्योतिका छोराहरु शौरभ र शुहृत ज्योतिले आफ्नो सम्पत्ति हत्याएको आरोप लगाउँदै महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएपछि घटना बाहिर छताछुल्ल भएकाे हाे ।

आफ्नो नाममा पर्सा जिल्लाको परवानीपुरमा रहेको ५ बिगाह जग्गा सौरभले बिक्री गरेको आरोप लगाउँदै डा. रुप ज्योतिले प्रहरीकहाँ निवेदन दिएको परिसरका एसएसपी दिपककुमार थापाले जानकारी दिए ।

डा. रुप ज्योतिले पद्म ज्योतिका कान्छा छोरा शुहृद ज्योतिलाई दोस्रो आरोप लगाएका छन् । आफ्नो नाममा भएको भाजुरत्न इन्जिनियरिङ सेल्स कम्पनीबाट बिक्री हुने ट्याक्टरको डिलर शुहृतले भाजुरत्न प्रालि नामक कम्पनी खोलेर खोसेको रुप ज्योतिको आरोप छ ।

रुप ज्योतिले दाई पद्म र भतिजाहरु सौरभ र शुहृतले आफ्नो नाममा भएको पारिवारिक सम्पत्ति हडपेको आरोप लगाएका छन् ।

महानगरीय प्रहरी परिसरको अपराध महाशाखा एसएसपी दिपक थापाले ज्योति परिवारको विवाद प्रहरीमा आएको र आफूहरुले परिवारभित्रै मिलाउन सुझाव दिएको बताए ।

‘पारिवारिक सम्पत्तिको विवाद भएको हुँदा यो विषय अदालतमा जानुपर्ने हुन्छ, केही विषय कम्पनी रजिष्ट्रार कार्यालयले मिलाउनुपर्ने हुन्छ, हामीले त्यसै गर्न सुझाव दिएका छौं,’ एसएसपी थापाले भने, ‘यद्यपि प्रहरीकहाँ आइसकेपछि हामीले विवाद मिलाउन सहजीकरण भने गरिरहेका छौं ।’

पारिवारिक कलह भएकाले प्रहरीले उजुरी दर्ता नगरेको उनले जानकारी दिए ।

‘डा. रुप ज्योतिले प्रहरीले उजुरी लिएर आरोपित व्यक्तिलाई पक्राउ गरी कारबाही गर्नुपर्ने निवेदन दिनुभएको थियो तर मुलुकी देवानी संहिता-२०७४  अनुसार यस्तो विषयमा पक्राउ गर्न अदालतको अनुमति चाहिन्छ,’ थापाले भने, ‘सकेसम्म परिवारभित्रै मिलाउनुहोस्, होइन भने अदालत जानुहोस् भनेका छौं ।’ज्योति

परिवारभित्रको लफडा रुप ज्योति ठगीको आरोपमा प्रकाउ परेपछि शुरु भएको हो ।

विजेन्द्र मल्लले रुप ज्योतिको ल्याण्डमार्क प्रालिले दिनुपर्ने घर नदिएपछि प्रहरीमा मुद्दा दायर गरेका थिए । त्यसपछि जिल्ला अदालतले रुप ज्योतिलाई प्रकाउ गर्नको लागि आदेश दिएपछि उनी र उनकी छोरी सुरुचीलाई गत कात्तिकमा प्रकाउसमेत गरेको थियो । ल्याण्डमार्क प्रालिमा पद्म ज्योति र सौरभ ज्योतिसमेत सेयरधनी थिए । विजेन्द्र मल्लको उजुरीका आधारमा पद्म र सौरभ ज्योतिसहित परिवारका अन्य सदस्यलाई समेत पक्राउ पुर्जी जारी भएको  भएपनि पद्म र सौरभ भने पक्राउ परेका थिएनन्।

अहिले ज्योति ग्रुपका अध्यक्ष पद्म ज्योति छन् भने उनका भाई डा. रुप ज्योति उपाध्यक्ष छन् ।