ओलीको राजीनामाबारे अब केन्द्रीय समिति बैठकमा छलफल हुने

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको राजीनामाबारे अब केन्द्रीय समिति बैठकमा छलफल हुने भएको छ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताको छलफलमा केन्द्रीय समिति बैठक बोलाउने सहमति भएको नेकपा नेताहरुले बताएका छन्।

शुक्रबार बस्ने स्थायी कमिटी बैठकले नेताहरूबीच पहिलो साता केन्द्रीय समितिको बैठक बोलाउने समझदारी भएको बताइएको छ।

महाधिवेशनअघिको सर्वोच्च निकाय केन्द्रीय समिति नै रहेको भन्दै यसैले अध्यक्ष, उपाध्यक्ष, महासचिव, प्रवक्ता र सचिवालयसहितको सँरचना निर्माण गरेको हुँदा अबको बाटो यसैको बैठकबाट तय गर्ने सहमति जुटेको बताइएको छ।

बिहिबार दिउँसो प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल तीन घण्टासम्म बालुवाटारमा छलफल गरेका थिए।

केन्द्रीय समिति बैठक आयोजना गर्ने सहमति भएपछि भोलीको स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीको राजीनामाको औपचारिक प्रस्ताव नल्याउने दाहाल र नेपाल समूहको तयारी छ।