नेकपा स्थायी कमिटी बैठक आज

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सात दिनलाई स्थगित गरिएको स्थायी कमिटी बैठक आज बस्दै छ। पार्टीमा देखिएको विवाद समाधान हुन नसक्दा यसअघिका छ वटा बैठक लगातार स्थगित हुँदै आएका थिए।

बाढी पहिरोका कारण जनधनको ठूलो क्षति भएको र सम्पूर्ण पार्टीपंक्तिलाई उद्धार एवं राहतमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टीको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित गरेको नेकपाले जनाएको थियो।