अनलाईन कक्षा पुन: सञ्चालन गर्न शिक्षकहरुको ३ दिने ‘अल्टिमेटम’

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

सरकारले आफ्ना माग पुरा नगरेको भन्दै नीजि बिद्यालयका शैक्षिक संगठनहरुले साउन १ गतेदेखि अनलाईन कक्षा बन्द गरेसंगै बिद्यालयका शिक्षहरुले पुन सञ्चालनको माग गर्दै ३ दिने अल्टिमेटम दिएका छन् ।

साउन १ गते अर्थात् आज देखि अनलाइन कक्षा बन्द गर्ने र शिक्षक–कर्मचारीलाई बेतलवी विदा राख्ने निर्णय भएको थियो ।आफूहरुका माग पूरा नभए कडा संघर्षका कार्यक्रम गर्ने संस्थागत विद्यालय शिक्षक युनियनले जनाएको छ ।

निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन (प्याब्सन) र निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन (एनप्याब्सन)को अनलाइन कक्षा बन्द गर्ने निर्णयलाई युनियनले आत्मघाती तथा दादागिरीशैलीको निर्णय भनेको छ ।