गोरखापत्रको कागजमा कमिशन खान राईलाई हटाइयो !

28
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सरकारले गोरखापत्र संस्थानबाट टिकाराम राईलाई हटाएको छ । मन्त्रिपरिषद बैठकबाट उहाँलाई बर्खास्त गरेको हो ।

कागज खरिद गर्ने बेला उहाँलाई हटाइएको हो । कागज खरिदका लागि कमिसन खानका लागि राईलाई हटाएको बताइएको छ । विगतका वर्षहरुमा राईले सस्तोमा विगतको भन्दा राम्रो गुणस्तरको कागज झिकाइदिएका थिए ।

गोरखापत्र सुधारका लागि महत्वपूर्ण काम गरेका उहाँलाई सल्लाहकारका रुपमा पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले नियुक्ति गर्नुभएको थियो ।उहाँ नियुक्तिसँगै गोरखापत्रमा व्यापक सुधार आएको सार्वजनिक रुपमै अनुभव गरिएको थियो । तर, उहाँलाई भने सफाईको मौकासमेत नदिई सरकारले हटाउने निर्णय गरेको हो ।

टिकाराम राईले फेसबुक स्टाटस लेखेका छन्, ‘यो देशमा राम्रो काम गर्नेको भलाई हुँदैनरहेछ भन्ने मैले पनि अनुभब गरेँ । गोरखापत्रको सार्वजनिक रूपमै अनुभप हुनेगरी विकास र संस्थागत सुधार गरेबापत आज मलाई सरकारले बर्खास्त गर्यो । देशका महत्वपूर्ण सार्वजानिक संस्थाहरू बलियो हुन नदिने ग्रायण्ड डिजाईनमा अर्थ तथा सँचारमन्त्री युबराज खतिवडाको पहलमा यो निर्णय भएको हो ।

राईले सबै प्रदेशमा टार्गेट दिएर अधिकृतहरु खटाउँदै थिए । पत्रिका बिक्री २५ प्रतिशत वृद्धि गर्नुपर्ने र विज्ञापन बढाउनुपर्ने टार्गेटसहित अधिकृतहरुलाई प्रदेशमा पठाइरेका थिए ।गोरखापत्रबाट अन्य सञ्चार माध्यमसम्म समाचार चोरी हुने क्रम व्यापक बढेको थियो । केही अनलाइनका लागि गोरखापत्रबाट नै समाचार अपडेट हुने गरेको र गोरखापत्रमा काम नहुने गरेको पाइएपछि उनी समाचार चोरी नियन्त्रणका लागि सफ्टवेयर लागू गर्ने तयारी थिए । सो सफ्टवेयर लागू गर्नका लागि समाचार विभागका हाकिमहरु भने तयार थिएनन् ।

त्यसो त गोरखापत्रको मुहार नै परिवर्तन मात्र गर्नुभएन, उहाँले गोरखापत्रको छपाई, वितरणमा समेत व्यापक सुधार ल्याएका थिए । गोरखापत्र भन्नुबित्तिकै नाक खुम्च्याउने पाठकहरु पछिल्लो समय गोरखापत्रको गुणस्तरीयता देखेर परिवर्तनको अनुभूत गर्न थालेका थिए ।