‘सरकार, कि अहिल्यै मारीदेऊ, कि त बस्ती सारीदेऊ’

0
Shares

नानीराम नेपाल, सिन्धुपाल्चोक ।

बस्तिको दुवैतिर अत्यास लाग्दो पहिरो, बस्तिको शीरमाथि ‘सिरानमाथि झुण्डिएको जाँतो’ झैँ गरि बसेको छ बडेमानको ढुंगा । बिकट गाउँजुगल गाउँपालिका २, नाम्फाका स्थानीय भगवान भरोसा’ मै बसिरहेका छन् । ‘अत्यास लाग्नेगरि पहिरो खसेको छ, गाउँमाथि बडेमानको ढुंगा खस्न ठिक्क परेको बसेको छ’, नाम्फा गाउँका हरिशरण सिलवाल भन्दैथिए, ‘गाउँ नै धरापमा प¥यो, ज्यान जोखिममा भो ।’

भूकम्पमा ढलेको घर जसोतसो ठडियो । दुखले बनाएकोबास नै पहिरोले बगाउन लागेपछि ७० बर्षिया होमकुमारी सिलवाल डिलमा बसेर पहिरो नियालिरहेकी थिईन् । ‘कतिबेला बगाउँछ ठेगान छैन, कतिबेला मरिन्छ थाहा छैन’, होमकुमारीले त्रासमिश्रित गुनासो पोखिन् । २६ असारको बिहानीपख पहिरो खसेर नाम्फाभेगको झण्डै दुई सय रोपनी खेतियोग्य जग्गा खण्डहर बनाइदियो । घर भित्र्याउनुपर्ने मकैबाली माटोमै मिलेको छ ।

जाने कतै ठाउँ छैन, पहिराले बस्ति नै उच्च जोखिममा परेपछि डेढ सय घरका नाम्फाली ‘मृत्यु कुरेरै’ बसिरहेका छन्। ‘सरकार, मृत्यु कुरेर कतिञ्जेल बसौँ, कि त अहिल्यै मारिदेउ कि त बस्ति सारीदेऊ’, स्थानीय शिक्षक शिव सिलवालल भन्छन् ।’ जुनसुकै बेला अप्रिय घटना हुनक्ने भन्दै तत्काल बस्ति सार्नुपर्ने अवस्था रहेको उनी बताउँछन् ।

बलेफी खोलामा निर्माणाधिन ३६ मेगावाटको अपर बलेफी हाईड्रोपावरले बस्ति मुनि सुरुङ खन्दा नाम्फा गाउँ पहिरोले बगाउन लागेको स्थानीयको निचोड छ । बस्तिमुनि सुरु« खन्नुअघि स्थानीयले जिल्ला प्रशासन कार्यालयमा पुगेर गत मंसिरमै निवेदन दिए ।

बस्तिमुनि सुरुङ नखन्न अनुरोधसहित निवेदन दिएपनि आफुहरुको आवाज सुनुवाई नभएको स्थानीय पेसलाल तामाङ बताउँछन् । ‘बस्तिमुनि सयौँ चोटी बम पड्काएको छ, बम पड्काउँदा भुइँचालो आएजस्तो हुन्थ्यो’, पेसलाल भन्छन्, –‘घरबास उठ्नेभयो, ज्यान जोखिममा पर्नेभयो भनेर सीडीओलाई निवेदन दियौं तर हाम्रा कुरा कसैले सुनेनन् ।

’राजनीतिक दलका स्थानीय अगुवाहरुले हाइड्रोपावरसँग मिलेर माथि बस्ति नै छैन भनि बस्तिमुनि सुरुङ खन्न लगाएको उनी बताउँछन् ।

अपर बलेफी हाइोकै कारण नाम्फा गाउँ पहिरोको पीडामा परेको भन्दै हाईडोपावर कम्पनीले सिंगो गाउँको जिम्मा लिनुपर्ने स्थानी बताउँछन् । ‘बस्तिमुनि सुरुङ किन खनियो?, हाइड्रोपावरका लागी हामी नाम्फाली मरिदिनुपर्ने ?’, स्थानीय भरत थापा भन्छन्, ‘अब हामीलाई कहाँ लाने हो हाईड्रोले जिम्मा लिनुपर्छ ।’