खेल शुरू भएपछि कोरोना पोजिटिभ बढ्यो


न्युयोर्क, (एजेन्सी)

अमेरिकामा खेल शुरू भएपछि सबै कुरा बिस्तारै सामान्य हुने सबैले अपेक्षा गरेका छन् । तर, केही हप्तामा खेलाडीहरूलाई कोरोना पोजिटिभ हुने क्रम बढेपछि फर्किएको खेलमा असर परेको छ। अमेरिकामा पहिले नै कोरोना संक्रमण मामिला निकै बढिरहेको थियो। अब खेल शुरू हुनाले खेलाडी र स्टाफलाई पोजिटिभ हुने क्रम बढेको छ ।

खेलाडीलाई पोजिटिभ आएपछि खेल आयोजना गर्न द्विविधामा परेको छ। मेजर लिग सकर (एमएलएस) ८ जुलाईबाट शुरू भइसकेको छ। जबकि, बास्केटबलतर्फ एनबिए २२ जुलाई, मेजर लिग बेसबल २४ जुलाई र नेसनल हक्की लिग १ अगस्टदेखि शुरू हुनेछन् । नेसनल हक्की लिग (एनएचएल) ले घोषणा ग¥यो कि क्लबको सुविधाहरूको उपयोग गर्ने ३ सय ९६ खेलाडीलाई टेस्ट गरेकोमा २३ पोजिटिभ देखियो ।

यस्तै, पछिल्लो साता एनबिएले घोषणा ग¥यो कि २३ देखि २९ जुनबीच ३ सय ५१ खेलाडीको टेस्ट गरेकोमा २५ जना पोजिटिभ भेटिए। यसै एक हप्ता दौरानमा ८ सय ८४ स्टाफलाई टेस्ट गरेकोमा १० जनाको रिपोर्ट पोजिटिभ आएको छ । मेजर लिग बेसबलले ३ हजार ७ सय ४८ जनाको नमुना लिएको थियो। जसमा ५८ खेलाडी र ८ सपोर्ट स्टाफको रिपोर्ट पोजिटिभ आएको छ ।

एनबिएको टेस्ट दरमा खेलाडीमा ७ दशमलव १ प्रतिशत र स्टाफमा १ दशमलव १ प्रतिशतमा कोरोना पोजिटिभ भेटिएको छ। यसमा एमोरी विश्वविद्यालयका एक महामारी विशेषज्ञ जाजरी बिनेले बताएअनुसार यसको मतलब खेलाडीको व्यवहारमा केही अन्तर छ, जसले गर्दा उनीहरू स्टाफको भन्दा बढी बिरामी बनाइरहेको छ ।

बिनेले भने– ‘कोरोनाभाइरस ५ दिनदेखि लिएर २ हप्तासम्म रहन्छ । यस्तोमा छोटो अवधिमा टेस्ट गरेर यसलाई हामीले समात्न सकि“दैन।’ त्यसैले लिग शुरू हुनुअघि २४ देखि ४८ घन्टामा लगातार टेस्ट गर्नुपर्छ, ताकि भाइरस नफैलियोस्।

संक्रामक रोग विशेषज्ञ ब्रियाना फर्चले बताएअनुसार खेलाडीले व्यायाम अभ्यास गर्दा लगातार सावधानी अपनाउनुपर्छ। उनीहरूले मास्क लगाउनुपर्छ, सामाजिक दूरीको पालना गर्नुपर्छ। जहा“सम्म सम्भव हुन्छ भुइ“, भित्ता हरेक ठाउ“ सफा राख्नुपर्छ। त्यसपछि मात्रै उनीहरू बच्न सक्नेछन् ।