छुट्टाछुट्टै घटनामा ३ को मृत्यु


न्युज अफ नेपाल, नवलपरासी ।

असारको अन्तिम दिन बुधबार नवलपरासीका विभिन्न छुट्टा छुट्टै घटनामा ३ जनाको मृत्यु भएको छ ।

नवलपरासी पूर्वको गैडाकोट नगरपलिका ७ नारायणी नदीको किनारमा एक पुरुषको शव फेला परेको ईप्रका गैडाकोटले जनाएको छ ।
प्रहरीका अनुसार मृत भेटिएको शव गैडाकोट ६ निवासी ५९ वर्षीय कृष्ण प्रसाद चालिसेको रहेको छ ।

अघिल्लो दिन दिउसो १ बजे घरबाट निस्कीएका चालिसे सांझ ५ वजे सम्म गाउंमै देखा परेका भए पनि बुघबार नदी किनारमा मृत भेटिएका थिए ।

मृतकको शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाई घटनाबारे अनुसन्धान भैरहेको ईप्रका गैडाकोटका प्रमुख प्रहरी निरिक्षक चन्द्र बहादुर थापाले बताउनु भयो ।

यसै गरी पूर्वी नवलपरासीकै मध्यविन्दु नगरपालिका ८ रानीटारमा ४ वर्षीय बालिकाको टेक्टरको ठक्करबाट मृत्यु भएको छ ।
मध्यविनदु १५ निवासी बीरेन्द्र महतोकी छोरी अनुश्का महतोलाई भित्री सडकमा दक्षिणबाट उत्तर आउदै गरेको लु २ त ८८६४ नम्वरको टेक्टरले ठक्कर दिएको थियो ।

टेक्टरको ठक्करबाट गंभीर घाईते भएकी बालिकालाई उपचारार्थ मध्यविन्दु अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको थियो । बालिकालाई ठक्कर दिने टेक्टर र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जिप्रका नवलपरासी पूर्वले जनाएको छ । उता पश्चिम नवलपरासीमा बर्दघाट नगरपालिका ४ का ७० वर्षीय बृद्धको रुखबाट लडेर ज्यान गएको छ । बुधबार दिउसो घांस झार्न घर नजिकैको बकाईनाको रुखमा चढेका शेरसिंह तामाड.ग रुखबाट लडेका थिए ।

रुखबाट लडेर घाइते भई उपचारर्थ देवदह मेडिकल रुपन्देही लगिएका बृद्धलाई अस्पतालले मृत घोषित गरेको जिप्रका नवलपरासी पश्चिमले जनाएको छ ।