सल्यानको बागचौर बजारमा शंकास्पद वस्तु फेला 

0
Shares

सरिता चलाउने, सल्यान ।

सल्यानको बागचौर नगरपालिका वडा नम्बर २ बागचौर बजारमा शंकास्पद वस्तु फेला परेको छ ।

आज बिहान बागचौर बजारमा रहेको मुक्तनाथ बिकास बैंक अगाडी उक्त वस्तु फेला परेको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ । बिहान करिब ६ बजेको समयमा सानो बाल्टिनमा राखेको शंकास्पद वस्तु भेटिएपछि स्थानीयले प्रहरीललाई खबर गरेपछि त्यहाँ प्रहरी परिचालन गरेको प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बस्तुसँगै केही कुरा लेखेको पत्र समेत छोडिएको छ । राखेको पर्चामा कोरोना महामारीको समयमा समेत किसानहरुसंग ऋण असुली गरेको, लकडाउनको समयमा किसानहरुलाइ ऋण तिर्न बाध्य पारेको लगायतका कुरा पर्चामा लेखिएको छ ।
शंकास्पद बस्तुलाई डिस्पोजन गर्न नेपाली सेना त्यस तर्फ जादै गरेको प्रहरी प्रमुख खतिवडाले बताउनु भयो ।

यसैबिच बम राखेको जिम्मा विप्लव नेकपाले लिएको छ । पार्टीका सल्यान जिल्ला सेक्रेटरी तुफानले महामारीका बेला बैंक तथा लघुवित्तले नागरिकहरुबाट ब्याजी किस्ता असुलीरहेको कारण चेतावनी स्वरुप जनपरिषद् सल्यानका संयोजक बारुदको नेतृत्वमा पहिलो कारबाही स्वरुप यस्तो कार्य गरेको बताउनु भएको छ । उहाँले अब पनि बैंक तथा लघुवित्तहरुले किस्ता उठाउन नछोडे कडा कारबाही गर्ने बताउनु भयो । यसअघि पनि सो पार्टीले लकडाउनमा किस्ता नउठाउन भन्दै एक प्रेस विज्ञप्ती जारी गरेको थियो ।