निजी विद्यालयद्वारा आजबाट अनलाइन कक्षा बन्द

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं ।

प्याब्सन र एन प्याब्सनले आजबाट पठन पाठनको सबै कार्यक्रम स्थगित गर्ने भएका छन् । बुधबार दुई संगठनबीच बसेको बैठकले पठन पाठना ठप्प पार्ने निर्णय गरेको हो ।

सरकारले निजी विद्यालयको विषयमा कुनै निर्णय गर्न नसकेपछि पठनपाठन ठप्प पार्ने निर्णय गरेको दुई संस्थाका अधिकारीले जनाएका छन् । उनीहरुले असार १ गतेबाट औपचारिक रुपमा अनलाईन र टेलिभिजनबाट सञ्चालन भैरहेको भर्चुअल कक्षा ठप्प पार्ने निर्णय गरेका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले निजी विद्यालयको विषयमा पटक पटक ढाटेको आरोप लगाउदै सबै कार्यक्रम स्थगित गरेको संस्थाले जनाएको छ । दुई संस्थाले सेन्ट जेभियर्स, बुढानिलकण्ठलगायत शैक्षिक गुठीबाट सञ्चालन भैरहेका विद्यालयका पठनपाठन समेत ठप्प पार्ने घोषणा गरेका छन् ।

सरकारले माग पुरा नगरेको कारण बाध्य भएर यस्तो निर्णय लिनुपरेको उनीहरुले बताएका छन् ।