पूर्वी नवलपरासीमा ५ सुरक्षाकर्मीसहित १८ कोरोना संक्रमित

0
Shares

घनश्याम बगाले, नवलपरासी ।

पूर्वी नवलपरासीको गैडाकोटमा ५ सुरक्षाकर्मी सहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत असार ३० गते संकलन गरी पठाइएको नमूना स्वाव हेटौडा प्रयोगशालामा परीक्षण गर्दा ५ महिला सहित १८ जनामा कोरोना संक्रमण देखिएको हो ।

कोरोना संक्रमण देखिने हरुमा गैडाकोट नगरपालिका वडा नंं. १ का १ जना, वडा नं. २ का १० जना, वडा नं. ४ का २ जना वडा नं. ५ का १ जना, वडा नंं. ६ का १ जना र वडा नं. ८ का ३ जना रहेकाछन् ।

संक्रमति मध्ये ५ सुरक्षाकर्मीहरुलाई बुधवार नै प्राकृतिक चिकित्सालय रजहरको आईसोलेशनमा राखिएको चिकित्सालय ब्यवस्थापन समितिले जनाएको छ ।

बिद्यालयको क्वारेन्टाईन र होम क्वारेन्टाईनमा बसेकाहरुमा कोरोना संक्रमण देखिए पछि उनीहरुलाई आईसोलेशनमा पठाउने तयारी भै रहेको नगर स्वास्थ्य प्रमुख झलक पौडेलले बताउनु भयो ।

जिल्ला स्वास्थ्य प्रमुख केशव प्रसाद चापागाईका अनुसार नगर क्षेत्रमा परीक्षणको दायरालाई बढाउदै लगिएको र सोही क्रममा संचारकर्मी, सुरक्षाकर्मीहरुको पनि स्वाव परीक्षण गरिएको थियो ।

सुरक्षाकर्मीहररुमा पनि कोरोना संक्रमण देखिएकाले कन्टयाक्ट टे्रसिंग आधारमा थप स्वावहरु संकलन गरी परीक्षण गरिने जिल्ला स्वास्थ्य प्रमुख चापागाईले बताउनु भयो ।