सुभेन्द्र दास ,लहान ।
सिरहामा सीमा सुरक्षासहित कोरोना रोकथाम तथा नियन्त्रणका लागी व्यापकरुपमा सशस्त्र प्रहरीको उपस्थिति रहँदा पनि लकडाउनको समयमा तस्करी बढदै गएको पाइएको छ ।
जिल्लाका सबै सीमानाकाहरुमा आवत जावतमा पूर्ण रोक लगाइनुका साथसाथै तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी बल नेपाल आभेनगरका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक रोहित भुजेलले सक्रियता देखाएका छन् ।
यसै, क्रममा भगवानपुर गाउँपालिका वडा नं ४ आभेनगरबाट भारतबाट अवैधरुपमा लकाइछुपाइ ल्याउदै गरेको ५० हजार मूल्य बराबरको खैनी (सुर्ती ) लगायत समानहरु सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको सामानहरु आवश्यक कारवाहीको लागि भन्सार कार्यालय ठाडि बुझाइएको प्रहरीले बतायो ।











प्रतिक्रिया