कोरोना कोषमा सूर्य नेपालको १ करोड सहयोग


न्युज अफ नेपाल,हेटौंडा ।

बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सूर्य नेपाल प्रालिले १ करोड सहयोग गरेको छ ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई सूर्य नेपाल प्रालिका उपाध्यक्ष रवि केसीले उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

सहयोग रकमको चेक हस्तान्तरणपछि मुख्यमन्त्री पौडेलले कोषमा रकम प्रदान गरेकोमा धन्यबाद दिँदै सबैको सहयोगमा कोरोनाविरुद्ध अभियान सफल हुने बताउनुभयो । सरकारको अभियानमा सूर्य नेपालको हातेमालोको उहाँले प्रशंसा गर्नुभयो ।

सूर्य नेपाल प्रालिका उपाध्यक्ष केसीले कोरोनाविरुद्ध अभियानमा प्रदेश सरकारले देखाएको सक्रियतालाई साथ दिन सहयोग गरिएको बताउनुभयो । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, प्रमुख सचिव तोयम राय, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलिया सहभागी हुनुहुन्थ्यो ।