ओलीको अभिव्यक्तिले संसारभरका हिन्दुहरुको भावनामा चोट पुग्यो : करण सिंह

0
Shares

नयाँदिल्ली,एजेन्सी ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भानुजयन्तीको अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा सीता भारतका नभएर अयोध्याका रामलाई दिएको र त्यो अयोध्या वीरगन्ज पश्चिमको गाउँ भएको विवादास्पद अभिव्यक्ति दिएपछि उनकाो यही भनाइलाई लिएर नेपाल-भारतमा आलोचना भइरहेको छ ।

यस्तैमा नेपाल-भारत सम्बन्धका जानकार तथा भारतका वरिष्ठ राजनीतिज्ञ करण सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले रामका सम्बन्धमा दिएको अभिव्यक्तिले विश्वभरका हिन्दुहरुको भावनामा चोट पुगेको बताएका छन् ।

सिंहले बुधबार विज्ञप्ति निकालेर प्रधानमन्त्री ओलीको राम पूर्वी नेपालमा जन्मिएको र भारतले कृत्रिम रुपमा अयोध्या निर्माण गरेको भन्ने भनाइको असामान्य कुरा गरेको टिप्पणी गरे ।

‘यो अपमानजनक अभिव्यक्तिले नेपाल र भारतका मात्र नभएर विश्वभरका हिन्दुहरुको भावनामा चोट पुगेको छ,’ विज्ञप्तिमा छ ।

असंगत अभिव्यक्ति दिएर प्रधानमन्त्री ओलीले नेपाल र भारतबीचको दूरी बढाउने नियत राखेको सिंहले आरोप लगाएका छन् । साथै दुवै देशका विवेकशील नागरिकहरुले यस किसिमका कदमप्रति सम्बन्धमा सचेत रहनु पर्ने र दुवै देशबीच युगौं पुरानो मित्रवत् सम्बन्ध जोगाउन हरसम्भव प्रयास गर्नुपर्ने बताए ।