बाह्रबिसेको विपद् ब्यवस्थापनमा सहयोग जुट्दै


नानीराम नेपाल, सिन्धुपाल्चोक ।

जम्बु खागदल बाढीपीडितका लागि राहत सहयोग जुट्ने क्रम बढेको छ । विभिन्न संघ संस्था र ब्यक्तीहरुले बाह्रबिसे नगरपालिकाको बिपद कोषमा धमाधम सहयोग रकम जम्मा गर्न थालेका छन् ।

चौतारा साँगाचोकगढी र मेलम्ची नगरपालिकाले बाह्रबिसेको विपद ब्यबस्थापनमा ३ लाख रकम प्रदान गरेका छन । चौतारा साँगाचोकगढी नगरपालिकाका तर्फबाट मेयर अमानसिं तामाङ र मेलम्चीका मेयर डम्बर अर्यालले बुधबार ३ लाखको चेक हस्तान्तरण गर्नुभयो ।

पूर्व मन्त्री अमृतकुमार बोहरा, बागमती प्रदेश सरकारका मन्त्री अरुण नेपाललाई साक्षी राखेर दुई नगरपालिकाले बार्हबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पालाई ३र३ लाखको चेक प्रदान गरे । जनजाती महिला महासंघ र जनजाती महिला मंचले पनि २ लाख रकम प्रदान गरेका छन्।

बागमती प्रदेश सरकार मातहतका बन प्राविधिक कर्मचारीहरुबाट पनि डेढ लाख रकम प्राप्त भएको बार्हबिसे नगरपालिकाकी उपमेयर शुशिला पाख्रीनले जानकारी दिनुभयो । यूवा ब्यबसायी आङदोर्जे शेर्पा, आङछिरिङ शेर्पा लगायतले गरि २ लाख ५० हजार सहयोग प्रदान गर्नुभएको छ । राष्ट्रिय यूवा संघ सिन्धुपाल्चोकले २ लाख र बाह्रबिसेका यूवा ब्यबसायी प्रकाश श्रेष्ठले ५० हजार सहयोग गर्नुभएको छ ।