ललितपुर महानगरसम्बद्ध कर्मचारी संगठनहरुले ध्यानाकषर्ण


न्युज अफ नेपाल,।ललितपुर ।

ललितपुर महानगरपालिकासम्बद्ध कर्मचारी संगठनहरुले महानगरको वडा नं ३ का वडा अध्यक्ष श्री गोपाल महर्जनको नैतिकता माथि गम्भीर आशंका उत्पन्न हुने भएका गतिविधिको भत्र्सना गरेका छन् ।

नेपाल नगरपालिका कर्मचारी एसोसियसन,ललितपुर महानगरपालिका ईकाई समिति, स्थानीय तह कर्मचारी संघ, ललितपुर महानगरपालिका ईकाई समिति र नेपाल राष्ट्रिय कर्मचारी संगठन, ललितपुर महानगरपालिका ईकाई समितिले बुधबार संयुक्त रुपमा विज्ञप्ति जारी गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘वडा नं ३ को कार्यालयबाट कानुनी प्रक्रिया पुरा गरिएको नाता सिफारिस पश्चात केही गलत मनसाय भएका व्यक्तिहरुले संंलग्न कागजातलाई फेरबदल गरी जिम्मेवार जनप्रतिनिधि महर्जनको नैतिकता माथि गम्भीर आशंका उत्पन्न हुने गरी गरिएको कार्यप्रति ध्यानाकर्षण भएको छ ,साथै यस्तो प्रवत्तिको घोर भत्र्सना छौं ।’

उक्त विषयवस्तु छानविनको लागि कानूनी प्रक्रिया चलिरहेको अवस्था जनप्रतिनिधिलाई होच्याउने गतिविधि नगर्न अनुरोध गरिएको छ ।