चीनले इरानमा ४ सय अर्ब डलर लगानी गर्ने

0
Shares

तेहरान (एजेन्सी)

अमेरिकासँग जारी तनाव पुर्ण सम्बन्धबीच इरान र चीनबीच खर्बौं डलरको सहमति हुने भएको छ । उक्त सहमतिमा चीन इरानसँग अत्यन्त सस्तो दरमा तेल किन्ने छ र यसको बदलामा बेइजिंगले इरानमा ४ खर्ब डलर लगानी गर्ने जनाइएको छ ।

यस सहमति अनुसार चीनले इरानको सुरक्षा र शक्तिशाली आधुनिक हतियार विकासमा सहयोग गर्नेछ । चीनले इरानको परमाणु कार्यक्रममा पनि सहयोग गर्ने बताइएको छ । इरान र चीन बीच २५ बर्षको रणनितिक सम्झौतामा वार्ता सम्पन्न भएको न्युयोर्क टाइम्सले जनाएको छ ।

चीनसँगको यो महत्वपुर्ण सम्झौताको तयारीसँगै इरानले भारतसँगको सहमति तोडेको छ । अमेरिकाको दबावमा भारतले इरानमा सन्चालनमा रहेको परियोजनामा निस्क्रियता देखाएपछि तेहरानले नयाँदिल्लीलाई ती परियोजनाबाट बाहिर राख्ने निर्णय गरेको हो ।

इरानले भारतलाई महत्वपुर्ण चाबहार रेल परियोजनाबाट पनि अलग गरेको छ । उक्त सम्झौता भएको ४ बर्ष वितिसक्दा पनि भारले यस परियोजनाका लागि कोष उपलब्ध नगराएको इरानले जनाएको छ । त्यसैले अब इरान आफैं चाबहार रेल परियोजना पुरा गर्ने छ । इरानको यस घोषणाले भारतलाई ठुलो कुटनितिक धक्का लागको छ ।
यो रेल परियोजना चाबहार पोर्टबाट जहेदान बीच बनाइने छ ।

गत हप्ता इरानका यातायात तथा शहरी विकास मन्त्री मोहम्मद इस्लामीेले ६ सय २८ किलोमिटर लामो रेल मार्गको उदघाटन गरेका थिए । उक्त रेलवे लाइन अफगानिस्तानको जरांज सीमासम्म विस्तार गर्ने योजना छ । उक्त परियोजना सन् २०२२ मार्च सम्ममा पुरा गर्ने लक्ष्य लिइएको छ ।