सी जिनपिंगसँग वार्ता गर्ने कुनै योजना छैन : ट्रम्प

0
Shares

वासिगटन (एजेन्सी)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको अनियन्त्रित प्रसारलाई लिएर चीन प्रति पुन एक पटक आक्रोस पोखेको छ । आफुले चीनका राष्ट्रपति सी जिनपिंगसँग कुनै वार्ता नगरेको र त्यसतो गर्ने कुनै योजना पनि नभएको बताए ।

विश्व स्वास्थ्य संगठन वास्तवमा चीनको कठपुतली भएको र कोरोना लुकाउन र विश्वमा यसलाई पैmलिन दिन चीन जिम्मेवार भएको आफुले मानेको ट्रम्पले बताए । कोरोना भाइरस संक्रमणलाई लिएर आफुले कुनै गल्ती नगरेको बताउँदै यसलाई रोक्न सक्ने र चीनले यसलाई रोक्नु पथ्र्यो, मंगलबार राती ट्रम्पले बताए ।

अमेरिकी राष्ट्रपतिले आफ्ना राजनितिक प्रतिद्वन्द्वी तथा डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार जोय बाइडेन माथि चीनलाई लिएर नरमपना देखाइरहेको आरोप लगाए । यसको विपरित आफ्नो प्रशासनले चीन र युरोप यात्रामा प्रतिबन्ध लगाएको र जनताको जीवन बचाएको ट्रम्पले बताए ।

कोरोना भाइरससँग उनको सरकार पुरै शक्तीले लडिरहेको उनले बताए । ट्रम्पले भने- बाइडेनले भने, चीन हाम्रो प्रतिस्पर्धामा छ । वास्तवमा यो एक विचित्र कुरा हो । उ वास्तवमै विचित्र छ । उ भन्छ चीन समस्या होइन । विगत २५ देखि ३० बर्षमा चीनभन्दा धेरै हामीलाई कसैले नोक्सान पुर्याएको छैन र उ भन्छ चीन समस्या होइन । अब उनी शक्तिशाली नेता बन्न चाहन्छ । तर ४७ बर्षसम्म उनी कहाँ थिए । उनी कहिले पनि चीनको विरोधमा आएन ।