पहिरो पन्छाए पछि सडक सुचारु


न्युज अफ नेपाल,पाल्पा ।

अविरल वर्षका कारण सोमवार साँझ साढे सात वजेतिरबाट अवरुद्ध वनेको तानसेन वुटवल सडक खण्ड वुधवार दिउसोबाठ सुचारु भएको छ । सडक माथिबाट खसेको ढुङ्गा सहितको पहिरोले पूर्णरुपमा अवरुद्ध सडक करिब ४५ घण्टादेखि अवरुद्ध सिद्धार्थ राजमार्ग पहिरो हटाए सँगै खुलेको प्रहरीले जनाएको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गतको तिनाउ–३, पैठेडाँडामा गएको पहिरो हटाएपछि बुधबार दिउसो खुलेको र सवारी साधन सुचारु भएको प्रहरीले जनाएको छ । सडकदेखि माथिबाट ठूला ढुङ्गा सहित खसेको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध भएको थियो ।

सडक खुलाउन डोजर, स्काभेटर सहितका ४ वटा साधन प्रयोग भए पनि सडकमा खसेको ठूलो ढुंगा हटाउन समय लागेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

सडक अवरुद्ध भएपछि बुटवलबाट पाल्पा आएका र पाल्पाबाट बुटवल हिडेका हजारौँ सवारीसाधन बिचैमा अलपत्र परेका थिए । त्यस्तै सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन नगरपालिका ८ डुम्रे पुल नजिकै खसेको पहिरोका कारण अवरुद्ध सडक पनि सुचारु भएको छ ।