बिकास योजनामा बँचेको रकमले अँधेरीमा नर्सरी


नानीराम नेपाल,सिन्धुपाल्चोक ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास साझेदारी कार्याक्रम अन्तर्गत बलेफी गाउँपालिकामा नर्सरी स्थापना गरिएको छ । बुधबार एक बिशेष समारोहकाबीच बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले प्रदेश सरकारको लगानीमा निर्माण भएको नर्सरीमा बिरुवा रोप्दै उद्घाटन गर्नुभयो ।

मन्त्री नेपाल र बागमती प्रदेश सभाका अर्थ तथा विकास समितीका सभापति सरेश नेपालले एक एक वटा एभाकाडोको बिरुवा रोपेर नर्सरी व्यवस्थापनको शुभारम्भ गर्नुभएको हो ।नर्सरी व्यवस्थापन सुभारम्भ समारोहमा बोल्दै मन्त्री अरुण नेपालले जमिन र जडिबुटीलाई जनजीवनसँग जोड्नुपर्ने बताउँनुभयो ।

‘गाउँ गाउँमा बिरुवा पु¥याउनुस्, फलफुल खेतिको व्यवसायिक विकासका लागी यो नर्सरीले टेवा पु¥याउनुपर्दछ’, मन्त्री नेपालले भन्नुभयो ।

पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत प्रदेश सांसद सरेश नेपालको क्षेत्रमा ५० लाख माथिका विभिन्न योजना टेण्डरमार्फत काम गर्दा बँचेको रकमबाट यो नर्सरी स्थापना गरिएको हो । ‘टेण्डर मार्फत गर्दा केहि रकम बच्यो, बँचेको त्यही रकमले आज यति राम्रो नर्सरी बनेको छ’, सांसद सरेश नेपालले खुसी ब्यक्त गर्नुभयो ।

फलफुल तथा अन्य जडीबुटीजन्य बिरुवा रोप्नुपरेमा बिरुवाका लागी बनेपा, काठमाडौं सम्म पुग्नुपर्नेअवस्थामा बलेफीमै नर्सरी स्थापना भएपछि स्थानीय खुसी भएका छन् ।

बिरुवाको सहज पहुँ नहुँदा यसभेगका धेरैले चाहेर पनि फलफुल खेति गर्न सकेका थिएनन्, अब फलफुल खेतिको विकास हुने बिश्वास लिईएको छ । नर्सरीलाई व्यवस्थित बनाउँदै गाउँ टोलमा बिरुवा बिक्रि वितरण गरिने नर्सरी व्यवस्थापन समितिका अध्यक्ष नारायणकाजी श्रेष्ठले बताउँनुभयो ।