स्याङ्जा पहिरो अपडेट : तीनको मृत्यु ,बेपत्ता एक जना अझै भेटिएनन्


भूपराज बस्याल,स्याङ्जा ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा मंगलबार आएको पहिरोका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ भने एक जना अझै बेपत्ता रहेका छन् ।

खाने पानी बनाउन हिडेकाहरु लाई कालीगण्डकी गाउँ वडा नं. ४ खहरेमा माथी बाट आएको पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय, स्याङ्जा प्रहरी नायव उपरीक्षक प्रवक्ता तथा सूचना अधिकारी राजेन्द्र प्रसाद अधिकरीले जानकारी दिनुभयो ।

बिहान करिब ९स्३० बजे आएको पहिरोका कारण सोही वडाकै बर्ष ६५ का ईमान सिं राना , बर्ष ६० का जीमानसिंह थापा र बर्ष ५० का टिका बहादुर थापाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो भने सोहि वडाकै बर्ष ६० का प्रेम चन्द्र पाण्डे अहिलेसम्म पनि फेला नपरेको उहाँले बताउनुभयो ।

घटना घटे लगत्तै प्रहरी अधिकृत सहितको टोली उद्धारको लागि जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट प्रहरी उपरीक्षकको कमाण्डमा र वडा प्रहरी कार्यालय वालिङ स्याङ्जाबाट समेत थप प्रहरी टोली खटाइएको थियो भने बेलटारीबाट नेपाली सेनाको टोली र वालिङबाट सशस्त्र प्रहरीको टोली समेत खटाइएको थियो । हाल भने नेपाल प्रहरी र स्थानीयको सहयोगमा दुई वटा डोजर लगाएर माटो फाल्ने काम भैरहेको अधिकारीले जानकारी दिनुभयो ।