मध्यविन्दुमा साउदी र कुबेतबाट आएका २ जनामा कोरोना संक्रमित


घनश्याम बगाले, नवलपरासी ।

पूर्वी नवलपरासीमा साउदी अरव र कुवेतबाट आएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मध्यविन्दु नगरपालिका स्वास्थ्य शाखाका अनुसार नगरको वडा नम्वर ५ का २४ वर्षीय पुरुष र वडा नम्वर ७ का ४१ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मध्यविन्दु नगर स्वास्थ्य शाखा प्रमुख माधव प्रसाद पोखरेलका अनुसार जनश्वास्थ्य प्रयोगशाला बाग्मती प्रदेश हेटौडाले मंगलबार साझ दिएको नतिजामा २ जनामा कोभिड १९ पुष्टि भएको उल्लेख गरिएको छ ।

स्थानीय विन्देश्वरी आधारभूत विद्यालय र नवजागरण बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाईनमा बसेका दुवै जनाको स्वाव यही असार २८ गते संकलन गरि परीक्षणका लागि पठाइएको थियो ।

कोराना संक्रमण देखिएका २४ वर्षीय पुरुष साउदी अवरबाट नेपाल आई असार १७ गते काठमाण्डौबाट बस मार्फत चोरमारा आई पैदल हिडेर क्वारेन्टाईन पुगेको उनको यात्रा विवरणमा उल्लेख छ ।

यसै गरी अर्का ४१ वर्षीय कोरोना संक्रमति पुरुष कुवेतबाट नेपाल आई असार २३ गते काठमाण्डौबाट हाईस चढेर चोरमार नवजागरण क्याम्पस क्वारेन्टाईन पुगेको मध्यविन्दु नगर स्वास्थ्य शाखाले जनाएको छ ।

स्वास्थ्य शाखाका अनुसार कोरोना संक्रमण पुष्टि भई सामान्य स्वास्थ्य अवस्थामा रहेका दुवै जनालाई प्राकृतिक चिकित्सालय रजहरको आईसोलेशनमा पठाइएको छ ।

मध्यविन्दु नगरपालिकामा तेश्रो मुलुकबाट आई कोरोना पोजेटिभ देखिएका दुई जना सहित ४४ जना पुरुष ६ जना महिला गरी ५० जनामा कोभिड १९ पुष्टि भएको र उनीहरु मध्य ३ महिला सहित ३३ जना कोरोना संक्रमण मुक्त भएकाछन् ।