खेतको पानी कटाई फाल्ने क्रममा एकाएक बदेलको आक्रमण, ३ जना घाईते


घनश्याम बगाले, नवलपरासी ।

पूर्वी नवलपरासीको सिख्रौली गाउँमा मंगलबार दिउँसो जंगली बँदेलले आक्रमण गर्दाे तिन जना घाईते भएकाछन् ।
बँदेलको आक्रमणमा परी स्थानीय ३७ वर्षीय राजु बस्नेत, ३० वर्षका पूर्ण बहादुर श्रेष्ठ र १९ वर्षीया सिर्जना परियार घाईते भएको प्रहरीले जनाएको छ ।

गैंडाकोट नगरपालिका १२ सिख्रौलीमा खेतको पानी कटाई फाल्ने क्रममा नजिकै नारायणी नदी किनारबाट निस्केको जंगली बँदेलले एकाएक आक्रमण गरेको थियो ।
बदेल आक्रमणमा परी हात, खुट्टा र ढाडमा चोट लागेर घाईते भएका ३ जनालाई उपचारार्थ भरतपुर अस्पताल पठाईएको जिप्रका पूर्वी नवलपरासीले जनाएको छ ।
चितवन राष्टिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा पर्ने पूर्वी नवलपरासीका सिख्रौली, पिप्रहर, कुजौली, पिठौली, अमलटारी, नन्दपुर, सेहरी, प्रसौनी, तमासपुर लगायतका क्षेत्रमा जंगली जनावरको आक्रमणमा परी वर्षेनी जनधनको क्षति हुने गरेको छ ।