हेड्स नेपाल अन्तर्राष्ट्रिय शाखा मकाउको अध्यक्षमा विश्वकर्मा


टंकराज अधिकारी, पोखरा ।

’दिलो ज्यानले मानव समुदायको सेवा गरौ’ भन्ने मुल नाराका साथ स्थापना भएको संस्था हेड्स नेपाल अन्तर्राष्ट्रियशाखा मकाउले आफ्नो प्रथम अधिवेशन सम्पन्न गरेको छ ।

गत शनिवार हिमालयन रेष्टुरेन्ट ताइपा मकाउमा सम्पन्न अधिवेशनले प्रेम कुमार विश्वकर्मालाई अध्यक्षमानिर्विरोध निर्वाचित गरेको हो। यसैगरी, निर्विरोध चयन भएको समितिको उपाध्यक्षमा चुत्र बहादुर पौडेल(ज्याक), महासचिवमा सुरेश सिंह सुनार, सचिबमा मोहन सिंह पन्त, कोषाध्यक्षमा बाबुकाजी श्रेष्ठ, महिलासदस्यमा सरिता लिम्बू र युवा संयोजकमा नगेन्द्र बेलबासेलाई रहनु भएको छ। त्यस्तै, संस्थाको विशिष्टसल्लाहकारमा सुदर्शन थापा मगर, प्रमुख सल्लाहकारमा ज्ञानेन्द्र कुमार श्रेष्ठ र प्रजुन कुमार अधिकारीलाईमनोनित गरिएको संस्थाका नवनिर्वाचित महासचिव सुरेश सिंह सुनारले जानकारी दिनु भयो।

नवनिर्वाचित अध्यक्ष प्रेम कुमार विश्वकर्माले मकाउमा रहेका नेपालीलाई एकताबद्ध बनाई र अझ पारदर्शीसंस्था निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । वहाँले समाजमा परोपकारको भावना राखी सेवा र सहयोगप्रदान गर्ने साथै नेपालमा र मकाउमा रहेका अन्य सामाजिक संघ संस्थाहरुसंग सहकार्य र समन्वय गर्दै अगाडिबढ्ने बताउनु भयो।

मकाउ शाखाका अध्यक्ष ज्ञानेन्द्र कुमार श्रेष्ठले आफ्नो कार्यकालमा भएका काम र त्यसले समाजमा पारेकोप्रभावका बारेमा आफ़ना भनाई राख्नु भएको थियो ।

कार्यक्रममा गैरआवासिय नेपाली संघ मकाउका मानार्थ सदस्य, जनसम्पर्क समिति मकाउका पूर्व सभापतीएबम् समाजसेवी सुदर्शन थापा मगर, हेड्स नेपाल मकाउ शाखाका संयोजक प्रजुन कुमार अधिकारीलगायतले निर्वाचित नयाँ नेतृत्वलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।

महासचिव सुनारका अनुसार अधिवेशनमा गैरआवासीय नेपाली संघ मकाउ, जनसम्पर्क समिति मकाउ, गुरुङतमु समाज मकाउ, अन्तर्राष्ट्रिय महिला संघ मकाउ, प्रबासी नेपाली एकता मञ्च मकाउ, शेर्पा समाज मकाउ, तामाङ घेदुङ समाज मकाउ, हेल्पिङ्ग ह्याण्ड मकाउ, मकाउ प्रिजेन्ट, मकाउ बडी बिल्डिङ्ग एण्ड फिटनेशएसोशियसन, मकाउ ओभरसिज एण्ड वर्कर्स एसोशियसका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

२०५० सालमा गोर्खामा स्थापना भएको हेड्स नेपालले हाल नेपालका ६५ भन्दा अधिक जिल्लाहरु र विदेशमाअमेरिका, जापान, अष्टेलिया, मकाउ लगायतका विभिन्न १० राष्ट्रहरूमा सँगठन निर्माण गरेको छ ।

हेड्स नेपालले बिशेष गरी कृषि उत्पादनमा जोड दिँदै गोरखाको बगुवामा श्रोत केन्द्र स्थापना गरी विरुवाउत्पादन, फलफूल उत्पादन र मत्स्यपालन जस्ता गतिवधि सञ्चालन गरिआएको छ । शिक्षा, स्वास्थ्य रसामाजिक विकासको क्षेत्रमा काम गर्दै आइरहेको यस संस्थाले समाजमा आईपर्ने आगलागी, बढीपहिरो, भूकम्प लगायतका प्राकृतिक विपत्तीमा पनि आफ्नो तर्फबाट सक्दो आर्थिक र भौतिक सहयोग गर्दै आइरहेकोछ ।