पोलिमर नोट छपाईमा भ्रष्टाचार आरोप लागेका पूर्वगर्भनर रावलसहित सबैले पाए सफाई

0
Shares

न्युज अफ नेपाल,कठमाडौं ।

पोलिमर नोट छपाईमा भ्रष्टाचार गरेको आरोप लागेका पूर्वगर्भनर डा. तिलक रावलसहित प्रतिवादी सबैलाई विशेष अदालतले मंगलबार सफाई दिएको छ ।

विशेष अदालतका अध्यक्ष शिवराज अधिकारी र सदस्यद्धय बालेन्द्र रुपाखेती तथा शान्ति सिंह थापाको इजलास प्रतिवादी तीनै जनालाई सफाई दिएको हो ।

१० रुपियाँको पोलिमर नोट छपाई गर्दा करोडौं रुपियाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा. रावलसहित तीन जनालाई प्रतिवादी बनाई २०७५ साल पुष ५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले अख्तियारको दावी नपुग्ने उल्लेख गर्दै सबैलाई सफाई दिएको हो ।