गुगलले भारतमा लगानी गर्ने

188
Shares

नयाँदिल्ली,(एजेन्सी)

गुगलको भातृ कम्पनी अल्फाबेट इन्कका प्रमुख कार्यकारिणी अधिकारी सुन्दर पिचाइले गुगलले आगामी पाँच देखि सात वर्षभित्र भारतमा १० अर्व अमेरिकी डलर लगानी गर्न लागेको जानकारी दिएका छन् ।

पिचाइले भनेका छन् , ‘ यो लगानी भारतका लागि उत्पादन र सेवा निर्मार्ण गर्न , व्यवशाय व्यापारलाई डिजिटलयुक्त र प्रविधिलाई सामाजिक हितकर कार्यमा प्रयोग गरिने छ । यो हाम्रो भारत र यसको डिजिटल अर्थतन्त्रमा हाम्रो आत्मविश्वासको प्रतिविम्व हो ।

५० करोड भन्दा बढि सक्रिय इन्टरनेट प्रयोगकर्ताहरु भएको भारतमा पक्कै पनि गुगलको ठस्लो बजारको संभावना छ । ’ यो लगानी गुगल फर इन्डिया डिजिटाइजेसन फन्ड अन्तर्गत गरिने बताइएको छ ।

पिचाइले भारतको चारवटा क्षेत्रमा डिजिटल पुर्वाधार उकास्न सो रकम खर्च गरिने बताएका छन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदीको डिजिटल इन्डिया प्रोजेक्टबारे पनि उल्लेख गरेका छन् ।