गुगलले भारतमा लगानी गर्ने

0
Shares

नयाँदिल्ली,(एजेन्सी)

गुगलको भातृ कम्पनी अल्फाबेट इन्कका प्रमुख कार्यकारिणी अधिकारी सुन्दर पिचाइले गुगलले आगामी पाँच देखि सात वर्षभित्र भारतमा १० अर्व अमेरिकी डलर लगानी गर्न लागेको जानकारी दिएका छन् ।

पिचाइले भनेका छन् , ‘ यो लगानी भारतका लागि उत्पादन र सेवा निर्मार्ण गर्न , व्यवशाय व्यापारलाई डिजिटलयुक्त र प्रविधिलाई सामाजिक हितकर कार्यमा प्रयोग गरिने छ । यो हाम्रो भारत र यसको डिजिटल अर्थतन्त्रमा हाम्रो आत्मविश्वासको प्रतिविम्व हो ।

५० करोड भन्दा बढि सक्रिय इन्टरनेट प्रयोगकर्ताहरु भएको भारतमा पक्कै पनि गुगलको ठस्लो बजारको संभावना छ । ’ यो लगानी गुगल फर इन्डिया डिजिटाइजेसन फन्ड अन्तर्गत गरिने बताइएको छ ।

पिचाइले भारतको चारवटा क्षेत्रमा डिजिटल पुर्वाधार उकास्न सो रकम खर्च गरिने बताएका छन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदीको डिजिटल इन्डिया प्रोजेक्टबारे पनि उल्लेख गरेका छन् ।